+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका बाढी प्रभावित उद्योगीहरूद्वारा क्षतिको पुनर्स्थापना र राहतका लागि सिडिओलाई ध्यानाकर्षण पत्र

डबली खबर १ घण्टा अगाडी
असोज ७, विदुर। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेका नुवाकोटका उद्योगीहरूले आफ्ना उद्योगको पुनःसञ्चालन, पुनर्स्थापना र राहतका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट तथा जिल्ला विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन समितिको गम्भीर ध्यानाकर्षण गराएका छन्। बाढीले नुवाकोट जिल्लाभर सञ्चालित कृषि तथा कृषिजन्य उद्योग, पोल्ट्री, ह्युम पाइप, [...]

हिमपहिरो खस्दा उत्तर-मध्य नेपाल र तिब्बत सीमावर्ती भेगमा प्रलय

डबली खबर २१ घण्टा अगाडी
असोज ६, नुवाकोट । गत भदौ १० गते बुधबार बिहान ८:३७ बजे लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विशाल हिमपहिरो खस्दा उत्तर-मध्य नेपाल र तिब्बत सीमावर्ती भेगमा ठूलो विनाश निम्तिएको थियो । राजधानी काठमाडौँबाट करिब ६० किलोमिटर उत्तरमा पर्ने उच्च हिमाली पहाडको एउटा ठूलो हिउँको ढिस्को खसेर उपत्यकामा बजारिएपछि लेन्दे खोला, भोटेकोशी [...]

अनलाइनबाटै उद्योग दर्ता, नुवाकोटमा सुरु भयो प्रविधिमैत्री सेवा

डबली खबर २१ घण्टा अगाडी
असोज ६, नुवाकोट । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटले अनलाइन प्रणालीमार्फत उद्योग दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। नयाँ प्रविधि अपनाउँदै कार्यालयले आज मंगलबार असोज ६ गते अनलाइनबाट पहिलोपटक उद्योग दर्ता गराउने सेवाग्राहीलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्दै यस सेवाको सुरुवात गरेको हो। सरकारी सेवा प्रवाहलाई चुस्त, पारदर्शी [...]

नुवाकोटका १२ निर्माण सामग्री उद्योग तथा फर्म ध्वस्त, तीन व्यवसायी बेपत्ता

डबली खबर १ दिन अगाडी
असोज ६, विदुर। गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण हिमबाढीले नुवाकोटको व्यावसायिक क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। बाढीका कारण जिल्लाका कम्तीमा १२ वटा निर्माण सामग्री व्यवसाय पूर्ण रूपमा ध्वस्त भएका छन् भने तीन जना व्यवसायी हालसम्म बेपत्ता रहेका छन्। नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठका अनुसार [...]

बाढी प्रभावितलाई रेडक्रसको आर्थिक सहयोग

डबली खबर १ दिन अगाडी
असोज ६, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका बिदुर नगरपालिका-५ का पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटले नगद सहयोग हस्तान्तरण गरेको छ। रेडक्रसको ‘बहुउद्देश्यीय नगद सहायता कार्यक्रम’ अन्तर्गत बाढी प्रभावित २५७ जना नागरिकलाई राहतस्वरूप रकम उपलब्ध गराइएको हो। विशेष गरी बाढीका कारण ज्यान गुमाएकाका [...]

बेपत्ता नागरिकका परिवारलाई विदुर-२ को आर्थिक राहत, काजकिरिया खर्च व्यवस्थापन गरिने

डबली खबर १ दिन अगाडी
असोज ५, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ ले भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परेर बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने महत्वपूर्ण निर्णय गरेको छ। हालैको विपद्का कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका शोकसन्तप्त परिवारलाई किरिया खर्चमा सहजीकरण पुर्‍याउने उद्देश्यले वडा कार्यालयले यो कदम [...]

बाढीपिडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि अनुदान रकम वितरण कार्य सुरु

डबली खबर ४ दिन अगाडी
असोज ३, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका पिडित तथा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि अनुदान रकम वितरण गर्ने प्रक्रिया विदुर नगरपालिकाले थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया–२०८३ अनुसार नगरभित्रका बाढीपीडितलाई [...]