+
Search

ताजा अपडेट +

पपुलर +

‘घुम्न जाउँ है पिपलटार त्रिशुली’ बजारमा

डबली खबर
१६ मिनेट अगाडी

भदौ २, नुवाकोट । नयाँ लोकदोहोरी गीत ‘घुम्न जाउँ है पिपलटार त्रिशुली’ बजारमा आएको छ।

प्राकृतिक सौन्दर्य र आत्मीय मायाप्रेमको भावनालाई एउटै सूत्रमा बुनेर तयार पारिएको गीतमा गायक विष्णु रिमाल, महेन्द्र बस्नेत र गायिका मनिषा श्रेष्ठको सुमधुर स्वर रहेको छ ।

रामशरण आलेमगरको मर्मस्पर्शी शब्द रचना रहेको यस सिर्जनामा विष्णु तामाङले संगीत भर्ने कामका साथै उत्कृष्ट संगीत संयोजन पनि गरेका छन्।

शंकरा रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको गीत गायक महेन्द्र बस्नेतको आधिकारिक युट्युब च्यानलमार्फत् ल्याइएको हो।

निर्माण पक्षका अनुसार गीतमा पिपलटार तथा त्रिशूली क्षेत्रको मनोरम वातावरण, स्थानीय जीवनशैली र युवामनको प्रेमभावलाई बडो जीवन्त ढङ्गले प्रस्तुत गरिएको छ।

गीतले मनोरञ्जन दिलाउनुका साथै सांगीतिक माध्यमबाट त्रिशूली क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यलाई व्यापक रूपमा परिचित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ