२०८१, १४ बैशाख शुक्रबार

जिल्ला सहकारी संघको २८ औं वार्षिक साधारणसभा बस्ने बारे सूचना!!!

पुष २३ २०७७ ०९:३८
agm notice district cooperative union

jilla sahakari sangh nuwakot logo

 जिल्ला सहकारी संघ लि. नुवाकोटको

२८औँ वार्षिक साधारणसभा सम्बन्धी सूचना !

(सुचना प्रकाशित मिति: २०७७ पौष १३)

यस संघकोे मिति २०७७ साल पौष ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार २८औँ वार्षिक साधारणसभा देहाय बमोजिमको विषयमा छलफल र निर्णय गर्नको लागि देहाय बमोजिमको स्थान, समय र मितिमा बस्ने भएकोले सदस्य संघ/संस्थाको तर्फबाट साधारणसभामा भाग लिन १(एक) जना जिल्ला प्रतिनिधी मनोनयन गरी आधिकारिक पत्रका साथ पठाई दिनुहुन सम्बन्धित सदस्य संघ÷संस्थामा जानकारी गराईन्छ ।

कार्यक्रम

मिति: २०७७ पौष २९ गते बुधबार
समय: बिहान ११:०० बजे
स्थान: होटल स्क्वायर, विदुर नपा-२, बट्टार, नुवाकोट

छलफलका विषयहरु

१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन सम्बन्धमा ।
२) लेखा समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन सम्बन्धमा ।
३) आ.व.२०७६/०७७ को लेखापरिक्षण प्रतिवेदन सम्बन्धमा ।
४) चालु आ.व.२०७७/०७८ को वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
५) चालु आ.व.२०७७/०७८ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्त र पारिश्रमीक निर्धारण सम्बन्धमा ।
६) संघको २८औँ वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधी चयन गर्ने सम्बन्धमा ।
७) विनियम संसोधन सम्बन्धमा ।
८) सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन सम्बन्धमा ।
९) सहकारी बजार विकास कार्यक्रम अन्तर्गत निमार्ण हुने फलफुल तथा तरकारी बजारको भवन निमार्ण सम्बन्धमा ।
१०) विविध ।

साधारणसभा सम्बन्धी अन्य जानकारी

१) संघको विनियमको दफा ९ (ख) बमोजिम सदस्य संस्थाले आफ्नो वार्षिक खुद नाफाको २ प्रतिशत वा न्युनतम १,०००/– (अक्षरेपी एक हजार रूपैयाँ मात्र) (१ प्रतिशत लागु आ.व.२०७४/०७५ देखि) मध्ये जुन बढि हुन्छ सोही रकम वार्षिक सदस्य शुल्क वापत बुझाउनपर्ने हालसम्मको वार्षिक सदस्यता शुल्क अनिवार्य रुपमा साधारणसभा अगाडी भुक्तानी गरिसक्नुपर्नेछ ।
२) सदस्य संस्थाको आ.व.२०७६/०७७ को वार्षिक साधारणसभाको निर्णय प्रतिलिपी र आ.व.२०७६/०७७ को लेखापरिक्षणको प्रतिवेदनको प्रतिलिपी अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
३) जिल्ला प्रतिनिधीले संस्थाको आधिकारिक पत्र र परिचय खुल्ने कागजात अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ ।

(शिवप्रसाद अधिकारी)
सचिव

Top