+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको लागूऔषध दुर्व्यसनबारे सरोकारवालाहरूबीच अन्तरक्रिया

डबली खबर
४ घण्टा अगाडी

साउन २९, नुवाकोट । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले विदुरमा लागूऔषध दुर्व्यसनबारे सरोकारवालाहरूबीच अन्तरक्रिया गरेको छ।

कार्यक्रममा जिल्लामा लागूऔषध दुर्व्यसनको अवस्था, न्यूनीकरण तथा नियन्त्रणका लागि सरोकारवालाहरुको भूमिका र यससँग जोडिएका सामाजिक विकृतिका विषयमा छलफल गरिएको पार्टी सभापति रामेश्वर गजुरेलले जानकारी दिए । उनले प्रशासन र प्रहरीसँगै राजनीतिक दल, सामाजिक संघसंस्था र सञ्चारकर्मीहरूको भूमिका अझ सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजकुमार थापा (राजु), नेकपा एमालेका प्रतिनिधि तथा औषधि व्यवसायी संघ नुवाकोटका अध्यक्ष टलकमान श्रेष्ठ, नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री त्रिपाठी, जिल्ला बार एसोसिएसनका अध्यक्ष उत्तम घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक उमेश कुमाललगायतले आ-आफ्नो धारणा राखे। उनीहरूले जिल्लामा लागूऔषधसम्बन्धी अपराधका घटना बढ्दै गएको भन्दै समयमै सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने कुरामा जोड दिए।

विशेषगरी निश्चित उमेरसमुहका किशोर र युवा अवस्थामा धूम्रपान र मदिरापानबाट सुरु हुने कुलत क्रमशः लागूऔषध सेवनजस्तो गम्भीर समस्यामा परिणत हुने गरेको तथ्य देखिएको हुनाले सबैको सहकार्य आवश्यक रहेको रास्वपा नुवाकोटका जिल्ला सचिव बसन्त धितालले बताए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ