+
Search

ताजा अपडेट +

पपुलर +

म्यागङमा एकीकृत जनस्वास्थ्य तथा पोषण अभियानमा ३९१ जना लाभान्वित

Integrated Public Health and Nutrition Campaign in Myagang
डबली खबर
३ हप्ता अगाडी

२९ चैत, विदुर । जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा म्यागङ गाउँपालिकामा दुई दिने एकीकृत जनस्वास्थ्य र पोषण अभियान तथा विशेषज्ञ शिविर गरिएको छ। गाउँपालिकाको वडा नम्बर ४ स्थित किम्ताङ स्वास्थ्य चौकीमा भएको शिविरबाट ग्रामीण भेगका बासिन्दाहरूको स्वास्थ्य उपचारको लागि टाढा धाउनुपर्ने बाध्यतालाई कम गरिएको जनाएको छ।

स्थानीय नागरिकहरूलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले बताईन् । म्यागङ गाउँपालिकाको समन्वय, त्रिशूली अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा महिला ३०३ जना र पुरुष ८८ जना गरी कुल ३९१ जना नागरिकहरुले स्वास्थ्य उपचार सेवा लिएको उनले जानकारी दिईन् ।

शिविरमा बिरामीहरूले विशेषज्ञ चिकित्सकहरूबाट प्रत्यक्ष जाँच र परामर्श सेवा प्राप्त गरेका छन् । स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू समेत गरिएको थियो ।

शिविरमा हाडजोर्नी तथा नशा, स्त्रीरोग, जनरल सर्जरी, दन्तरोग, र मानसिक स्वास्थ्य जस्ता महत्वपूर्ण विधाहरूमा सेवा उपलब्ध गराइनेछ। साथै, बाल स्वास्थ्य, आयुर्वेद सेवा, जनरल फिजिसियन सेवाका साथै ३० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि नसर्ने रोगसम्बन्धी स्क्रिनिङ गरिएको थियो ।

स्वास्थ्य परीक्षणका अतिरिक्त रगत र पिसाब जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण र नि:शुल्क औषधि वितरणको समेत गरिएको कार्यालयका सूचना अधिकारी कृष्ण रिजालले जानकारी दिए ।

स्वास्थ्य र पोषणका विषयमा परामर्श प्रदान गरिने यस अभियानबाट उल्लेख्य संख्यामा स्थानीय बासिन्दाहरू लाभान्वित भएका थिए । साथै धादिङ जिल्लाका नागरिकहरुले समेत उक्त शिविरमा लाभ लिएका थिए ।

तस्बिरहरु:

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ