यस संघको सञ्चालक समितको मिति २०७६/०८/०९ गतेको निर्णय अनुसार संघको २७ औं वार्षिक साधारणसभा तपशिलको प्रस्तावमाथि छलफल गरि निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले संघका सदस्य संघ/संस्थाहरुले एक (१) जना जिल्ला प्रतिनिधि मनोनयन गरि साधारण सभामा भाग लिन आधिकारिक कागजात साथ पठाई दिनहुन अनुरोध गरिन्छ ।
कार्यक्रम
मिति: २०७६ पौष १४ गते सोमबार
समय: बिहान ११:०० बजे
स्थान: होटल यांग्रा, विदुर नपा-१, ढुंगे, नुवाकोट
छलफलका विषयहरु
१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन सम्बन्धमा ।
२) लेखा समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन सम्बन्धमा ।
३) आव २०७५/०७६ को लेखा परिक्षण गर्न नियुक्त रजिस्टर्ड लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन सम्बन्धमा ।
४) आव २०७५/०७६ को लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा ।
५) चालु आव ०७६/०७७ को वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
६) चालु आव ०७६/०७७ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा ।
७) संघको २७औं वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
८) संचालक सदस्य पदपूर्ति सम्बन्धमा ।
९) विनियम शंसोधन सम्बन्धमा ।
१०) संघको आर्धिक तथा प्रशासन नियमावली पारित सम्बन्धमा ।
११) विविध ।
नोट: साधारणसभा सम्बन्धि विस्तृत जानकारी सहितको पत्र हुलाक मार्फत् पठाएका छौ । पत्र प्राप्त नभएमा यसै सूचनालाई आधिकारिक मानी साधारणसभा भाग लिन रितपूर्वक जिल्ला प्रतिनिधि मनोनयन गरि पठाईदिनहुन जानकारी गराईन्छ ।

राजेश श्रेष्ठ
अध्यक्ष
तथा सञ्चालक समिति
जिल्ला सहकारी संघ
विदुर, नुवाकोट
फोन: ०१०-५६०००९