राष्ट्रिय एवं अन्तराष्ट्रिय गै.स.स.हरुको संस्थागत र परियोजनाको बिस्तृत विवरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

(प्रथम पटक प्रकाशन मितिः २०७५/०८/३)

यस जिल्लाको विदुर नगरपालिका कार्यक्षेत्र रहेका राष्ट्रिय/अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुद्धारा नगर क्षेत्रमा हालसम्म सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रमहरुको संस्थागत विवरण, बार्षिक प्रगति र चालु आ.व. २०७५/०७६ मा सञ्चालन गरिने परियोजना तथा कार्यक्रमहरु तोकिएको ढाँचामा (बिद्युतीय कपी सहित) २०७५ मंशिर १० गते भित्र यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । विवरणका साथ संस्थाको दर्ता तथा बिधान एवं अन्य कानुनी कागजात र समाज कल्याण परिषद् मार्फत दातृ संस्था/निकायसंग भएका सम्झौताको प्रति समेत पेश गर्नुहुन जानकारी गराईन्छ । साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २५ अनुसार कार्यक्रम सञ्चालन गर्नु/गराउनु हुन र आ–आफ्नो परियोजना वा कार्यक्रमको सम्बन्धमा नगर परियोजना सल्लाहकार समिति MPAC गठन गरी MPAC को प्रत्येक ४/४ महिनामा बैठक बस्ने ब्यवस्था गराउनुहुनका लागि कार्यालयसंग समन्वय गर्नुहुन समेत अनुरोध गरिन्छ । कार्यक्रमको विवरण munbidur@gmail.com मार्फत पनि पठाउन सकिनेछ । फारामको ढाँचा विदुर नगरपालिकाको वेबसाईट www.bidurmun.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न वा कार्यालयमा सम्पर्क गरी प्राप्त गर्नु सक्नुहुनेछ ।

 

 

प्रमुख प्रशासकीय अधिकृत
विदुर नगरकार्यपालिकाको कार्यालय
विदुर, नुवाकोट

फोन: +९७७ ०१० ५६००६३, ५६०२६३
फ्याक्स: +९७७ ०१० ५६००९१
इमेल: munbidur@gmail.com
वेवसाइट: www.bidurmun.gov.np

शिक्षा,संस्कृति, कृषि र पूर्वाधारको अभियान । दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान ।।