+
Search

ताजा अपडेट +

पपुलर +

सामरी कल्लाबारी डोजोका खेलाडी तथा प्रशिक्षक सम्मानित

डबली खबर
७ घण्टा अगाडी

भदौ ६, नुवाकोट । बंगलादेशको राजधानी ढाकामा हालै सम्पन्न १०औं क्याडेट, जुनियर, यु–२१ तथा सिनियर साउथ एशियन कराते च्याम्पियनसिप र दोस्रो अन्डर–१४ साउथ एशिया कराते कपमा पदक विजेतालाई सम्मान गरिएको छ।

विभिन्न प्रतियोगितामा सहभागी भई कुशल प्रदर्शन गर्ने सामरी कल्लाबारी डोजोका खेलाडी ओस्पिना तामाङ र आयुष तामाङलाई सम्मान गरिएको छ ।

शनिबार म्यागङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जितबहादुर तामाङले खेलाडी द्वयलाई सम्मान गरेका हुन् ।

कल्लाबारी युवक क्लब तथा कल्लाबारी स्पोर्ट डेभलपमेन्ट ग्रुपको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्मानित खेलाडीलाई स्थानीयस्तरमा सम्मान गरिएको थियो।

कार्यक्रममा कराते प्रशिक्षक गणेश तामाङलाई समेत सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर डोजोको प्रतिनिधित्व गर्नुका साथै उत्कृष्ट योगदान पुर्‍याएकाले उनीहरूलाई यस सम्मानले थप उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ