१६ मङ्सिर, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको ‘जनताको बहुदलीय जनवादका आधार’ नामक पुस्तक विमोचन भएको छ ।
पार्टीका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरेका हुन् ।
लेखक गौतमले पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व झल्किने यो पुस्तक सार्वजनिक गरेको हो ।
उनले महाधिवेशनको संघारमा पार्टीको नीति, विचार, जनताको बहुदलीय जनवादका विषयमा वडातहसम्मका कार्यकर्ताहरु छलफलमा सहभागी हुने भएकोले पनि अहिले पुस्तकको सान्दर्भिकता हुने बताए ।
पत्रकारिता पृष्ठभूमीका गौतमले यस अघि सातवटा पुस्तक लेखन तथा सम्पादनको अनुभव छ । २०५० सालमा उनले नेपाली महिला आन्दोलन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०५०) देखि जनताको बहुदलीय जनवादका आधार (२०६३) सम्मका पुस्तक यस अघि नै प्रकाशनमा ल्याएका थिए ।
पुस्तकमा लेखकले जनताको बहुदलीय जनवादका आधारहरु शिर्षकमा लामो र भावनात्मक भूमिका रहेको छ ।
पुस्तकमा पुस्तकलाई सात खण्डमा विभाजन गरिएको छ । जसमा जननेता मदन भण्डारीको जीवनी र व्यक्तित्व, नेकपाको प्रारम्भ देखि एघारौं महाधिवेशनसम्म, जनताको बहुदलीय जनवाद: दार्शनिक तथा सैद्धान्तिक आधार,बहुदलीय जनवादका अन्त्य र आधारहरु, जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त, परिवर्तित सन्दर्भमा विकसित जनताको बहुदलीय जनवाद र आजको विकसित राजनीतिक परिघटना र हाम्रो कार्यभार लगायतका विषयहरु समेटिएका छन् ।
विमोचनमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु यज्ञबहादुर सुनुवार र निरज आचार्यलयगतको सहभागी थियो।



















प्रतिक्रिया