+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘पाँचौँ चिम्टेश्वर साहित्य पदयात्रा’ हुने

पदयात्रासँगै सिर्जना वाचन गरिने

chimteshwor mahadev literature hiking Nuwakot
डबली खबर
२ हप्ता अगाडी

४ वैशाख, नुवाकोट । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र चिम्टेश्वरको प्रबर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख २६ गते ‘पाँचौँ चिम्टेश्वर साहित्य पदयात्रा–२०८३’ आयोजना हुने भएको छ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले साहित्य र पर्यटनलाई एकैसाथ जोड्ने लक्ष्य राखेको आयोजक संस्थाका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।

पदयात्राको क्रममा साहित्यकारहरूले चिम्टेश्वरको उकालो चढ्दै प्रकृतिसँग साक्षात्कार गरिने जनाएको छ ।

गन्तव्यमा पुगेपछि विशेष साहित्यिक गोष्ठीको आयोजना गरिनेछ।

जिल्लाभित्र र बाहिरका कवि, गजलकार तथा लेखकहरूको उपस्थिति रहने कार्यक्रममा सष्ट्राहरुको नवीनतम रचनाहरू वाचन गर्ने प्रतिष्ठानले जनाएको कार्यक्रम संयोजक रामकृष्ण अमरले जानकारी दिए । साहित्यिक पर्यटनको अवधारणा अनुसार आयोजना गरिएको यो पदयात्राले नुवाकोटको आन्तरिक पर्यटनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको उनले बताए ।

पदयात्रामा सहभागी हुन चाहने साहित्यप्रेमी तथा इच्छुक महानुभावहरूका लागि नाम दर्ता प्रक्रिया खुला गरिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ