+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ बाल गीत ‘ज्ञानी ज्ञानी’ सार्वजनिक

डबली खबर
३ महिना अगाडी

जेठ २२, नुवाकोट ।  बालबालिकालाई कला र संगीतको माध्यमबाट असल संस्कार, अनुशासन र सकारात्मक सोच सिकाउने उद्देश्यका साथ नयाँ नेपाली बाल गीत “ज्ञानी ज्ञानी” बजारमा सार्वजनिक भएको छ।

गीतमा कृतिमा पाण्डेको सुमधुर स्वर, जसले गीतलाई जीवन्त बनाएको छ।

गीतकार ङावा फिन्जु पाख्रिनले बालबालिकाले सजिलै बुझ्न सक्ने सरल तर अर्थपूर्ण शब्द प्रयोग गरेका छन्।

रामचन्द्र रिमालको आकर्षक धुनले गीतलाई सबै उमेर समूहका लागि रमाइलो बनाएको छ।

केवल मनोरञ्जन नभई बालबालिकामा सकारात्मक सोच, अध्ययनप्रतिको लगाव, मान्यजनप्रतिको सम्मान र असल व्यवहार विकास गर्ने प्रयास गरिएको छ ।

डिजिटल युगमा विदेशी वा उमेरअनुकूल नभएका कन्टेन्टको प्रभाव बढिरहेका बेला, नेपाली भाषा र संस्कृतिलाई झल्काउने यस्ता गीतहरूले सही मार्गदर्शन दिन सक्ने विश्वास सन्देश दिएको छ ।

विद्यालय जाने नानीबाबु मात्र नभई अभिभावक, शिक्षक र समाजलाई समेत बालपालन र मार्गदर्शनमा प्रेरणा दिने अपेक्षा गरिएको छ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ