+
Search

ताजा अपडेट +

पपुलर +

अनुगमनको छड्के

Monitoring gap in Nuwakot
डबली खबर
१४ घण्टा अगाडी

साउन २०, नुवाकोट । सदरमुकाम विदुर र ढुंगे क्षेत्रमा बजारमा गुणस्तरहीन वस्तु बिक्री–वितरण भइरहेको गुनासो आएपछि विभिन्न बजारमा छड्के अनुगमन गरिएको छ।

जिल्ला अनुगमन समीतिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको टोलीले बजारमा एलपी ग्यासको अवस्था, मूल्यदर, व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, गुणस्तर, लेबल, नापतौल, खाद्य वस्तुको खरिद–बिक्री बिललगायत दैनिक उपभोग्य सामग्री र इन्धनको अवस्था जाँच गरिएको छ।

मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए । संयुक्त बजार अनुगमन टोलीले बिदुर नगरपालिका–२, ४ र ९ का किराना पसल तथा ग्यास डिपोहरूको अनुगमन गरेको उनले बताए ।

अनुगमनमा देखिएका कमजोरी तत्काल हटाउन र पहिलो पटक सुधार गर्न सुझाव दिइएको छ।

अनुगमनका क्रममा गुणस्तरीय र सर्वसुलभ मूल्य कायम राख्न तथा अभाव सिर्जना नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ