+
Search

ताजा अपडेट +

पपुलर +

आपतकालिन क्लिनिक सञ्चालनमा

डबली खबर
२८ मिनेट अगाडी

भदौ २७, नुवाकोट । भोटेकोसी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) नुवाकोटले आपतकालीन क्लिनिक सञ्चालन गरेको छ ।

नेरेसो नुवाकोटले जनस्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल र विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस परिसरमा आपतकालिन क्लिनिक सञ्चालन गरिएको सभापति हरि श्रेष्ठले जानकारी दिए ।

क्लिनिकबाट विभिन्न स्वास्थ्य समस्या लिएर आएका बाढी प्रभावितहरूले उपचार तथा स्वास्थ्य परामर्श सेवा लिएको नेरेसोका सूचना तथा सञ्चार उपसमिति संयोजक ज्ञानेन्द्र गिरीले जानकारी दिए ।

बाढीका कारण त्रिशूली अस्पताल जाने मार्ग सम्बन्ध विच्छेद भएपछि विदुर नगरपालिकालगायत अन्य पालिकाका सर्वसाधारणलाई स्वास्थ्य उपचारमा समस्या भएको थियो। आपतकालीन क्लिनिक सञ्चालनमा आएपछि स्थानीयस्तरमै स्वास्थ्य सेवा पाउँदा प्रभावित सर्वसाधारणले राहत महसुश गरेको उनले बताए।

भाद्र २३ गतेदेखि सञ्चालनमा आएको आपतकालीन क्लिनिकबाट करिब चार सय भन्दा बढीले स्वास्थ्य सेवा लिएको नेरेसो नुवाकोटले जनाएको छ।

लेखकको बारेमा

डबली खबर