+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार पदयात्राको दोस्रो संस्करण ‘गुफाडाँडा’

gufadanda melamchi municipality 9 sindhupalchwok
डबली खबर
९ महिना अगाडी

२९ असार, ज्यामिरे । सम्पादक समाज नेपालको आयोजनामा जलवायु चेतनाको प्रतिक स्थलका रूपमा रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे स्थित गुफाडाँडासम्म पदयात्रा आयोजना गरेको थियो ।

संस्थाले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सजग गराउने उद्देश्यले शनिबार मेलम्चीदेखि उक्त स्थानसम्म दोस्रो संस्करण आयोजना पत्रकार पदयात्राको गरिएको संस्थाका संस्थापक अध्यक्ष किरण वैद्यले बताए ।

पदयात्रामा सहभागी पत्रकारहरुलाई मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले स्वागत गरेका थिए । यस्तै, गुफाडाँडा पुगेका पदयात्रा-२ का पत्रकारहरुलाई स्थानीय समुदायको संस्कृतिअनुसार स्वागत गरेका थिए ।

पदयात्रापछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए।

संस्थाका महासचिव श्याम डोटेलले वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान महत्त्वपूर्ण भूमिका हुने बताए ।

पदयात्रामा विभिन्न सञ्चारमाध्याममा आबद्ध करिब एकसय जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

पर्यटक पर्खाइमा बसेको गुफाडाँडाको माथिल्लो भाग भ्युटावरबाट नुवाकोट जिल्लाको सिमाना, चौतारा, पाँचखाल, हिमशृंखलालगायतको अवलोकन सकिने छ ।

समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा रहेको यो स्थान पुग्नलाई काठमाडौंबाट करिब ६० किलोमिटर र मेलम्चीबाट करिब १७ किलोमिटरको यात्रा गर्नपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ