भर्जिनियाको राजधानी ‘रिचमण्ड’ हो । यो सहर इतिहास, संस्कृति र आर्थिक गतिविधिका कारण महत्वपूर्ण मानिन्छ । वाशिङ्टन डिसीबाट एक सय ६० कि.मी. को दुरीमा रहेको छ । भुगोलकोे हिसावले रिचमण्ड शार्लोट्सभिलको पूर्व, विलियम्स वर्गको पश्चिम, वाशिङ्टन डिसीको दक्षिण र उत्तरमा मेरिल्याण्ड पर्दछ । रिचमण्डलाई हेन्निको र चेस्टरफिल्ड काउन्टीहरूले घेरिएको छ । रिचमण्ड शहर एक नदीको किनारामा छ । यस नदीको नाम जेम्स हो । शहरको नामाकरण लण्डन देशको एक क्षेत्रबाट राखिएको रहेछ । रिचमण्ड सन् १८७१ देखि कुनै काउन्टी बिना एक स्वतन्त्र शहरको रूपमा रहेको छ । भर्जिनियाको शहरमध्ये जनसङ्ख्याको हिसावले तेस्रो शहरमा रिचमण्ड पर्दछ ।
यो शहरको शुरुवात पोहाटन कन्फेडेरेसीको एउटा महत्वपूर्ण गाउँबाट भएको हो । सन् १६०९ र १६११ मा जेम्सटाउनका अँग्रेज उपनिवेशहरुको बसोबास थियो । क्रिस्टोफर न्युपोर्ट र जोन स्मिथको समूहले जेम्सटाउनको स्थापना गरेका हुन् । यस क्षेत्रलाई जेम्सको अन्तपछि थोमस स्टेगले एक ब्यापारिक केन्द्रको स्थापना गरे । सन् १७०४ मा विलियम वर्डले आफ्नो बुबाको भूमि बिरासतमा पाएका थिए । सन् १७३३ मा वेस्ट ओभरका विलियम वाइर्डले र इङ्गल्याण्डका टेम्समाथि रिचमण्डको लागि वस्तिको नाम दिइयो ।
अमेरिकी गृहयुद्धको समयमा रिचमण्डले कन्फेडरेट राज्य अमेरिकाको राजधानीको रुपमा सेवा गरियो । सन् १७८१ मा बेनेडिक्ट अर्नोल्डको नेतृत्वमा यो शहर ब्रिटिशले लुट्यो । शहरलाई विकसित गर्न ठूलठूला भवन, रेलमार्ग द्वारसेवाजस्ता पुर्वाधारको विकास गरे । अमेरिकी गृहयुद्धपछि अलाबामाबाट रिचमण्ड सारियो । अमेरिकी सेनाले सात दिनसम्म पुनः लड़ाई लडेँ । रिचमण्ड र पिटर्सबर्गको घेराबन्दी गरियो । प्रतिरक्षा तोडेर शहर कब्जा गर्न सफल भए ।
इतिहासले भरिपूर्ण अमेरिकाको भर्जिनिया राज्यको रिचमण्ड शहरमा हामी आइपुगेका छौ । यो शहर विश्वको पहिलो सफल विद्युतीय सडककार प्रणाली मध्ये एक हो । गुरु योजना अनुसार शहरको संरचना बनेका छन् । आधूनिक र पुराना शैलीका भवनहरु देख्न पाइन्छ । कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, विश्वविद्यालय, स्मारक, पार्क, पुस्ताकालय जस्ता पर्याप्त मात्रामा व्यवस्थापन गरिएको छ । रिचमण्डको अर्थतन्त्र मुख्यतया कानुन, वित्त र सरकारद्वारा सञ्चालित छ । यो शहरको संघीय, राज्य र स्थानीय सरकारी एजेन्सीहरु छन् ।
रिचमण्डमा रहेको सङग्रालय विश्वप्रसिद्ध छ । सन् १९३४ मा स्थापना भएको सङग्रालय सन् १९३६ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको हो । सात लाख १८ हजार वर्ग फिटमा फैलिएको सङग्रालयको भवनहरु सपिङ महल जस्ता ठूला देखिन्छ । सङग्रालयको अग्र भागमा अर्थात् बगैंचामा सयौंको संख्यामा मानसिहरु विश्राम गरिरेहका छन् । सङग्रालयको प्रवेशद्वार अगाडि सेतो रङको ठूलो टाउको भएका महिलाको मूर्ति छ । साथै सँगै पशु, मान्छे, देवीदेवताका तस्वीरहरु चित्रित छन् । सङग्रालय हाता भित्र गरिएको सजिसजावटले मन लोभ्याउँछ । भित्तामा युद्धकालिन तस्वीरहरु पनि झुण्ड्याइएको छ । यहाँ विशेष गरेर अफ्रिकी, एंिसयाली र हिमाली क्षेत्रका आधुनिक र समकालिन कलाद्धारा सिर्जित तस्वीरहरु हेर्न पाइन्छ । ५० हजारको संख्यामा त्यहाँ कलाकृतिहरू रहेको अनुमान गरिन्छ । वर्षको तीन सय ६५ दिन खुल्ला रहने सङग्रालय विहान १० बजे देखी बेलुका पाँच बजेसम्म खुल्दछ । आगन्तुकहरुको सुविधाका लागि सङग्रालय परिसरमा रेष्टुरेण्ट, पुस्तकालय, सपिङ मलको व्यवस्था गरिएको छ ।
रिचमण्डको केन्द्रमाया कमनवेल्थ विश्वविद्यालय रहेको छ । यो विश्वविद्यालयलाई अनुसन्धान विश्वविद्यालयको नामले चिनिन्छ । सन् १९६८ मा स्थापना भएको यस विश्वविद्यालय मा २८ हजार देखि ३० हजारको संख्यामा अध्यापन गर्दै आइरहेको छ । विजनेस, इन्जिनियरिङ, मेडिसिन, हेल्थ साइन्स, आर्टस् एण्ड डिजाइन, फार्मेसी, नर्सिङ विषयमा पठन पाठन हुने गरेको छ । यो विद्यालयमा हेल्थ साइन्स र आर्टस् बलियो देखिन्छ । जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिका साथै छात्रवासको पनि समुचित व्यवस्था रहेछ ।
अमेरिकन सिभिल वार सङग्रालयले रिचमण्डको महत्वलाई वृद्धि गरेको छ । यो सङग्रालय सन् १८६६ मा स्थापना भएका रहेछ । तीन वटा भवनमा विभाजित सङग्रालयका नाम हुन् – कन्फेडेरेसी ह्वाइट हाउस, गृहयुद्ध सङग्रालय र एपोमेटोक्समा अमेरिकी गृहयुद्ध सङग्रालय । सङग्रालयमा युद्ध हुनुको कारणं, घटनाक्रम र परिणामलाई यथार्थपरक ढंगले शैनिकका पोशाक, हात हतियार र अन्य युद्धका सामाग्रीहरु प्रदर्शनीका साथै श्रव्य दृश्य पनि राखेको छ ।
चार सय भन्दा बढी कलाकृति राखिएको सङग्रालय विशेष दिन बाहेक सदैव खुल्ला रहने छ । बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ने सङग्रालय प्रवेश गर्न शूल्क लाग्ने रहेछ । विद्यार्थी र अन्यका लागि १६ डलर, बच्चाका लागि ९ डलर र ५ वर्ष मूनिका लागि निःशूल्क हुने रहेछ । सङग्रालयको अवलोकन गर्न २ घण्टाको समय छुट्याउनु पर्दोरहेछ ।
यति खेर हामी मेमोन्ट पार्कमा आठपुगेका छौं । अमेरिका बसाइको क्रममा हामी धेरै पार्कहरु गयौं । तर यति ठूलो पार्क गएका थिएनौ । यो पार्क ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । सन् १८९३ मा अमेरिकी वकिल जेम्स एच. डोले र उनकी धर्मपत्नीले बनाएको निजी सम्पत्ति रहेछ । निज दम्पत्ति द्वय प्रकृतिप्रेमी थिए । तिनीहरुसँग अथाह सम्पत्ति थियो । आपूm बस्नका लागि घर सहित बगैंचा, पोखरी र झरना निर्माण गरेका थिए । डोले दम्पत्तिको मृत्युपछि सो पार्कलाई सार्वजनिक बनाइयो । सन् १९२५ बाट आम जनताका लागि प्रवेशमा खुल्ला गराइयो । यहाँ दुई वटा सुन्दर बगैँचा छ । एउटा बगैंचाको नाम जापनिज र अर्को वगैचाको नाम इटाली । वगैंचामा अनगिन्ति रङ्गिचङ्गी फूललहरू फुलेका छन् । जस्तै पुतली झार, यारो, कोन फूल, पुतली झाडी, सूर्यमुखी, स्पाइरिया इत्यादि । वगैंचाको छेउमा घोडा र गाईका लागि चरण क्षेत्र छुट्याइएको छ । चरणको नजिक जंगल छ । दूई सय भन्दा बढी प्रजातिका बोटबिरुवा यहाँ रहेको छ । घाइते भएका जनावरहरुलाई उद्धार गरेर यहाँ राखिन्छ । बाघ, स्याल, भालु, घोडा, गाइ, गोरु, हरिण, शार्क, सर्प र विभिन्न थरिका चराचुरुङ्गीहरु देखियो । चिडिया घरजस्तै गरी व्यवस्थापन गरिएको छ । पार्कमा आगन्तुकहरुको भीड बाक्लै छ । वगैंचाको अग्रभागमा कलात्मक ऐतिहासिक भवन रहेको छ । यस भवन अगाडि जन्मदिन, विवाहका साथै पारिवारिक कार्यक्रम गर्ने गरिन्छ ।
रिचमण्डमा रहेका विभिन्न ऐतिहासिक ठाउ‘हरुमध्ये भुल्नै नसकिने ठाउँ हो– जेम्सटाउन । यो भर्जिनियाको जेम्स नदिको उच्च भागमा रहेको छ । सन् १६०७ मा तीन वटा पानी जहाज लिएर आएका अंग्रेज बसोबासकर्ताहरुले जेम्सटाउन स्थापना गरेका हुन् । यस बस्तीलाई उत्तर अमेरिकाको पहिलो स्थायी अग्रेजी बस्ती मानिन्छ । जेम्सटाउन पहिले भर्जिनियाको राजधानी थियो ।सन् १६०७ मा जेम्स फोर्टको रूपमा स्थापना भएको थियो । जेम्सटाउन टापुलाई स्पेनी साम्राज्यको तटीय बस्तीहरुबाट बचाउन आधार शिविर मानिन्थ्यो । यस टापुले अमेरिकी क्रान्ति युद्धको रुपमा शैन्य पोष्टको र अमेरिकी तथा बेलायती युद्ध कैदीहरु आदान–प्रदान हुने थलोको रुपमा प्रयोग भएको थियो । सन् १६७६ मा बेकेनको विद्रोहको समयमा जेम्सटाउनको धेरै भाग जल्यो । शहर पुनः निर्माण गरियो । सन् १६९६ मा पुनः शहर आगलागि भयो । यसक्षेत्रका सबै संरचना खरानी भएकाले सन् १६९९ मा राजधानी प्लान्टेरामा सारियो ।ं जेम्सटाउनले सन् १६१६ देखि सन् १६४९ सम्म औपनिवेशिक राजधानीको रुपमा सेवा गरेको देखिन्छ । सन् १८९३ सम्म जेम्सटाउन क्षेत्र एडवर्मी बार्नीको स्वामित्वमा थियो । जेम्सटाउन टापुमा रहेका नौ दशमलव एक हेक्टर जमिन दान गरियो ।
सन् १९४० मा जेम्सटाउनलाई राष्ट्रिय ऐतिहासिक क्षेत्र तोकिएको छ । यस क्षेत्रलाई यार्कटाउन फाउण्डेशनद्वारा सञ्चालनमा ल्याएको छ । पूर्वराष्ट्रपतिले जर्ज डब्लु बुस, रानी एलिजाबेथ द्वितीयाले भ्रमण गर्दा यस क्षेत्रको महत्व बढेको छ ।
भर्जिनियाको बेडफोडमा रहेको राष्ट्रिय डि डे स्मारकले युद्धलाई उजागर गर्दछ । सन् १९४४ जुलाई ६ तारिखमा फ्रान्सको नर्मन्डीमा भएको आक्रमणको समयमा वीरगति हुने सैनिकहरुको सम्मानको कदर गर्दै उक्त स्मारक स्थापना गरिएको हो । सो स्मारक स्थापना गर्ने कार्यको थालनी जे. रोवर्ट वबस्लटरले गरेका हुन् । युद्धको समयमा मृत् भएका सैनिकहरुको पूर्णकदका शालिकहरू विभिन्न ठाउँमा राखिएको छ । राखिएका शालिकमध्ये एलाइड एक्सपिडिसनरी फोर्सका हुन् । उनी सैनिकका कमाण्डर थिए । युद्धमा मारिएका चार हजार चार सय २७ जना सैनिकहरुको नाम सूचिवद्ध गरिएको छ । नर्मण्डीको युद्धलाई अमेरिकीको इतिहासमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । स्मारक बिहान १० बजेबाट साँझ पाँच बजेसम्म खुल्दछ । वार्षिक ६० हजार मानिसहरुको भ्रमण हुँदो रहेछ । यहाँ डि डेका गतिविधिका साथै दोस्रो विश्वयुद्धको सम्झनामा विविध कार्यक्रम हुँदै आएको छ ।
योर्कटाउन भूमि अमेरिकामा रहेको गर्भतुल्य मध्ये एक महत्वपूर्ण हो । यहाँ रहेको सङ्ग्रालयलाई क्रान्ति युद्धको रुपमा लिइन्छ । सङ्ग्रालयले यथेष्ट भूमि ओगटेको छ । सङग्रालयको हाताभित्र युद्धमा प्रयोग गरिएका हातहातिसार प्रदर्शनीमा राखिएको छ । अवलोकन कर्तालाई युद्धका बारेमा जानकारी पाओस् भन्ने हेतुले द सिज एट योर्कटाउन शीर्षकको भिडियो शो गरिएको थियो । भिडियो अमेरिकाको युद्ध केन्द्रित छ । सन् १७८१ मा जनरल जर्ज वाशिङ्टन र सहयोगी फ्रान्सेली सेनाहरूको नेतृत्वमा घेरावन्दी भएको ठाउँ हो । यस युद्ध क्षेत्रमा वाशिङ्टन र उनका सहयोगीहरुले कर्नवालिसको ब्रिटिश सेनालाई घेरेका थिए । युद्धमा हार खाई ब्रिटिश सेनाका जनरलले आत्मसमर्पण गरेपछि अमेरिकाको जीत भयो । अमेरिकाको स्वतन्त्रता युद्धले निर्णायक भूमिका खेल्यो ।
अन्तमा ;राष्ट्रिय जीवन र स्वतन्त्रताको पवित्र भूमि भनेर चिनिने योर्कटाउनलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भयो । आफैले आफैलाई मनमनै धन्यवाद दिए । रिचमण्डको यात्रालाई बिट मार्दै हामी अमेरिकाको मेरील्याण्ड राज्यतर्फ लाग्यौं ।

प्रतिक्रिया