+
Search

ताजा अपडेट +

पपुलर +

हेलिकप्टरमार्फत मर्यादित तथा स्वच्छता सामग्री वितरण

डबली खबर
५९ मिनेट अगाडी

असोज ५, रसुवा । सडक तथा यातायातको पहुँच नहुँदा भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ का ६० घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत सरसफाई स्वच्छता तथा मर्यादित सामग्री वितरण गरेको छ ।

भौगोलिक विकटता तथा सडक पहुँचको अभावका कारण प्रभावित परिवारसम्म स्थलमार्गबाट तत्काल राहत पुर्याउन नसकिने भएपछि आवश्यक खाद्यान्न तथा सरसफाई स्वच्छता तथा मर्यादित सामग्री हवाई माध्यमबाट पुर्याइएको हो ।

प्रभावित समुदायको तत्कालीन खाद्य आवश्यकता सम्बोधन गर्ने उद्देश्यले पाँचौँ पटक हेलिकप्टर उडानमार्फत राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्याई वितरण गरिएको छ ।

राहत सामग्रीअन्तर्गत २५० किलोग्राम चामल र ६० थान कम्बल वितरण गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ