२०७९, २६ श्रावण बिहीबार

जिल्ला निर्वाचन कार्यालय नुवाकोटको सूचना

मंसिर १५ २०७८ ०२:१४
Election Office

मतदाता नामवली संकलन विशेष कार्यक्रम २०७८ सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटको सूचना !

यही मिति २०७८ साल मंसिर १७ गते देखि यस जिल्लाका सबै स्थानीय तहको केन्द्रमा १० दिनसम्म रहने गरी फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम २ चरणमा संचालन हुदैछ ।

पहिलो चरणः

मिति २०७८ मंसिर १७ गते देखि २६ गते सम्म कार्यक्रम हुने स्थानीय तहहरुः ककनी गाउँपालिका, लिखु गाउँपालिका, सुर्यगढि गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, शिवपुरी गाउँपालिका, र किस्पाङ गाउँपालिका ।

दोश्रो चरणः

मिति २०७८ मंसिर २८ गते देखि पुष ८ गतेसम्म कार्यक्रम हुने स्थानीय तहहरुः बेलकोटगढी नगरपालिका तार्केश्वर गाउँपालिका, पंचकन्या गाउँपालिका,म्यागङ गाउँपालिका, र तादी गाउँपालिका ।

विदुर नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला निर्वाचन कार्यालय नुवाकोटबाट सार्वजनिक विदाबाहेकका दिनमा निरन्तर दर्ता कार्य भई रहेको छ ।

नेपाली नागरिकता प्राप्त गरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका नागरिकहरुले आफ्नो स्थानीय तहको केन्द्रमा तोकिएको मितिमा सक्कलै नागरिकताको प्रमाणपत्र लिई स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्त गराउन सकिनेछ साथै नागरिकतामा उल्लेखित ठेगानामा भन्दा अन्यत्र स्थानमा दर्ता गराउनको लागि बसाईसराई वा विवाह दर्ताको प्रमाणपत्र समेत अनिवार्य पेश गर्नुपर्दछ ।

स्थायी बसोबासको ठेगाना अन्यत्र भई यस जिल्लामा बसोबास गरिरहनु भएका नागरिकहरुले समेत जिल्ला निर्वाचन कार्यालयबाट नागरिकता अनुसारको ठेगानाबाट निर्वाचनमा भाग लिन पाउने गरी नामावलीमा नाम दर्ता गराउन सकिने छ ।

यो विशेष कार्यक्रम हरेक स्थानीय तहको केन्द्रबाट १०/१० दिनको लागि संचालन हुने भए तापनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट भने निरन्तर रुपमा भई रहनेछ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोट

Top