+
Search

ताजा अपडेट +

पपुलर +

आगिटार-बेत्रावती सडकखण्ड अवरुद्ध

डबली खबर ८ मिनेट अगाडी
कात्तिक १४, नुवाकोट । अविरल वर्षाका कारण गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकखण्डको आगिटारदेखि बेत्रावतीसम्म करिब तीन सय मिटर क्षेत्रमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ। स्थानीय शशी डङ्गोलका अनुसार झरी वर्षाले बेत्रावती–आगिटार क्षेत्रको बाटो पूर्ण रूपमा बन्द भएको छ। पहिरोले सडक तल नदी किनारतिर भासिएको छ। भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोले सडक [...]

नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन स्थगित

डबली खबर १६ घण्टा अगाडी
कात्तिक १३, विदुर । नेपाली कांग्रेस नुवाकोट नियमित पक्षकाे जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रबार पार्टीका संयोजक श्रीराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अधिवेशन कात्तिक १५ गते तय गरिएको तर जिल्लाअन्तर्गतका केही पालिकाहरूको अधिवेशन विभिन्न कारणले सम्पन्न हुन बाँकी रहेकाले जिल्ला अधिवेशन सम्भव नदेखिएको उल्लेख छ। पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक [...]

विदुर नगरपालिकाले स्थायी आवास निर्माणका लागि आवेदन माग्यो

डबली खबर १६ घण्टा अगाडी
कात्तिक १३, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गतेको बाढीबाट घर क्षति भई हाल अन्यत्र अस्थायी बसोबास गरिरहेका नगरवासीलाई स्थायी आवास व्यवस्थापन गर्न आवेदन माग गरेको छ। नगरपालिकाले आज सार्वजनिक गरेको सूचनाअनुसार सहयोगी संस्थाहरूसँग सहकार्य गरी तत्काल स्थायी बसोबास व्यवस्थापन कार्य सुरु गर्ने लक्ष्य राखिएको छ। हाल अस्थायी बसोबास [...]

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्न बागमतीमा १५ कार्यदल गठन

डबली खबर २१ घण्टा अगाडी
कात्तिक १३, नुवाकोट । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई प्रभावकारी रूपमा लागू गर्न बागमती प्रदेशभर १५ वटा कार्यदल गठन गरेको छ। पशु सेवा विभागका अनुसार काठमाडौँ उपत्यकाका लागि सहसचिव तहका अधिकृतहरू सम्मिलित तीन वटा कार्यदल र मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा तथा [...]

बाढीपीडितलाई बीमा दाबी भुक्तानीमा ढिलाइ, आठ अर्ब २१ करोड ३९ लाख रुपैयाँ मात्र भुक्तानी

डबली खबर १ दिन अगाडी
कात्तिक १२, नुवाकोट  । भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको बाढीका कारण पुगेको ठूलो क्षतिपछि बीमा दाबी फर्स्योटको प्रक्रिया अघि बढे पनि पीडितहरूले पाउनुपर्ने भुक्तानीको गति भने निकै सुस्त देखिएको छ। नेपाल बीमा प्राधिकरणको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट ठूलो परिमाणमा बीमा दाबी परेको जनाएको छ। कुल दुई हजार ४९१ बीमितहरूबाट २० अर्ब [...]

रगतको मौज्दात सकिएपछि रेडक्रसले रक्तदानका लागि विशेष आग्रह

डबली खबर २ दिन अगाडी
कात्तिक ११, नुवाकोट । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदातालाई विशेष आग्रह गरेको छ। दसैँको बिदापछि केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम कम भएका छन् भने अस्पतालमा बिरामीका लागि रगतको माग बढ्दो क्रममा छ। यसैले रेडक्रसले रक्तदानका लागि आह्वान गरेको हो। केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले [...]

बाढीपीडित सरोकार समिति गठन

डबली खबर ३ दिन अगाडी
कात्तिक १०, नुवाकोट । बाढीपीडितका सरोकार सम्बोधन गर्न नुवाकोटमा ३३ सदस्यीय समिति गठन गरिएको छ। विदुरमा बसेको बाढीपीडितहरूको भेलाले भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति नुवाकोट गठन गर्ने निर्णय गरेको हो। भेलाले सूर्यबहादुर कँडेललाई समितिको संयोजक चयन गरेको छ। उनको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरिएको जनाइएको छ। समितिको सहसंयोजकमा सुरेन्द्र केसी, रामहरी [...]