डबली खबर
२ मिनेट अगाडी
कार्तिक १, नुवाकोट । आन्तरिक राजश्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन्। दशैँका बेला नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामग्री किनेर बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छानिएको हो। काठमाडौँको [...]
डबली खबर
६ घण्टा अगाडी
कार्तिक १, काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको बाढीले पुर्याएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा निर्जीवन बीमा कम्पनीमा दुई हजार ४२७ बीमितले दाबी दर्ता गराएका छन्। कुल अनुमानित दाबी [...]
डबली खबर
७ घण्टा अगाडी
कार्तिक १, काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा छलफलपछि शनिबार साँझ रिहा भएका छन्। रिहाइलगत्तै फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने बताएका छन्। साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको उनले स्पष्ट पारेका छन्। ‘मेरो अघिल्लो गिरफ्तारीमा सर्वोच्च अदालतले [...]
डबली खबर
२१ घण्टा अगाडी
असोज ३१, नुवाकोट । विदुर नगरपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक तुलजा भवानी मन्दिरमा आज परम्परागत विधिसहित फुलपाती भित्र्याइएको छ। बाजागाजा, सैन्य सलामी र सरकारी उपस्थितिबीच धार्मिक कार्यक्रम सम्पन्न भएको हो। मन्दिरमा नेपाली सेनाको निशान झण्डा, मङ्गल र भैरवी सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष समारोहका रूपमा भित्र्याइएको [...]
डबली खबर
१ दिन अगाडी
असोज ३१, नुवाकोट । आज विक्रम संवत् २०८३ साल असोज ३१ गते शनिबार भए पनि धेरैजसो नेपाली समाचार पोर्टलका वेबसाइटमा कार्तिक १ गते देखिएको छ। केही पोर्टलबाहेक अधिकांश वेबसाइटमा मिति गलत देखिन थालेपछि पाठकहरूमा अन्योल बढेको छ। आधिकारिक नेपाली पात्रो र विश्वसनीय मिति रूपान्तरण उपकरणअनुसार आज असोज महिनाको अन्तिम दिन [...]
डबली खबर
१ दिन अगाडी
असोज ३०, नुवाकोट । नेपाल निर्माण व्यवसायी महासङ्घले विदुर नगरपालिका ढुङ्गेस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण गरेको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार र ढुङ्गे बजार जोड्ने पुल बगाएपछि महासङ्घले आफ्नै कोषबाट र्निर्माण गरेको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज [...]
डबली खबर
१ दिन अगाडी
असोज ३०, नुवाकोट । राष्ट्रिय सहकारी बैंक लिमिटेडले तीन जिल्लाका २० बाढीपीडित सहकारीलाई कम्प्युटर तथा कृषि उपकरण सामाग्री सहयोग गरेको छ। गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नुवाकोट, रसुवा र धादिङ जिल्लाका सहकारी संस्थाहरूलाई लक्षित गरी करिब २० लाख रुपैँया बराबरको बैंकले उक्त [...]