भदौ ७, नुवाकोट । बेलकोटगढी नगरपालिका र कञ्चना देउराली युवा क्लबको संयुक्त आयोजनामा ‘सेभेन ए साइड सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिता २०८३’ हुने भएको छ।
बेलकोटगढी नपा-६ स्थित अर्चले खेल मैदानमा हुने प्रतियोगिताको सातौँ संस्करणमा आईपुग्दा नगरपालिकाले साथ दिएको हो।
प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक प्रसन्न थिङले जानकारी दिए ।
प्रतियोगितामा व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टोली र म्यान अफ द म्याचलाई पनि नगदसहित ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक क्लब तथा टोलीहरूले असोज १६ गतेदेखि २२ गतेसम्म दर्ता गर्नुपर्नेछ । टोली दर्ता शुल्क १४ हजार रुपैयाँ तोकिएको छ।
प्रतियोगिता आगामी असोज २५ गतेदेखि ३१ गतेसम्म हुनेछ ।