असार २७, नुवाकोट । गायक तथा संगीतकार एनिस एन्जल राई र गायिका सलिना बिकको स्वरमा नयाँ गीत ‘मुटुको छेउमा’ सार्वजनिक भएको छ ।
आपा म्युजिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतमा गायक राईकै रचना रहेको छ ।
‘इईआर अफिसियलल’ नामक युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतमा खेम सारु मगरको संगीत र विशाल निरौलाले संगीत संयोजन रहेको छ ।
गीतको रेकर्डिङ ज्ञानेन्द्र गिरिले ड्रिम्स रेकर्डिङ स्टुडियोमा गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेकाे छ ।
गीतको भिडिओ मकवानपुरका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ। भिडिओमा गायक राईसँगै मनिला रानाको अभिनय रहेको छ ।
भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गरेको भिडियोमा सन्जोक श्रेष्ठले छायाङ्कन रहेकाे छ ।
निर्माण व्यवस्थापनद्वय रोगेस राना मगर र सुनिल थापा मगरले गरेका छन् । भिडिओमा शृङ्गार प्रिया मगरको रहेको छ ।
भिडिओमा एकान्त मगरकाे निर्देशन, सम्पादन र रङ संयोजन रहेको छ ।
सार्वजनिक भएको ‘मुटुको छेउमा’ ले प्रेमका भावनासँगै समकालीन युवा पुस्ताको संवेदनालाई पनि अभिव्यक्त गर्ने प्रयास गरेको छ । गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
प्रतिक्रिया