+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर र रेस्लिङको प्रबर्द्धन गर्दै: नेपाल रिङ रेस्लिङ संघ

Promoting Dupcheshwor Mahadev Temple and wrestling Nepal Ring Wrestling Association Nuwakot
डबली खबर
४ हप्ता अगाडी

२७ चैत, विदुर । नुवाकोटमा वैशाख १ गते ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ।

आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला संघको आयोजनामा नयाँ वर्षको अवसरमा वैशाख १ गते नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर परिसरमा यो भव्य प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष प्रहाल्द थापाले जानकारी दिए ।

जिल्लामा खेल पर्यटनको प्रबर्द्धन गर्ने र मोफसलमा पनि रेस्लिङ खेललाई लोकप्रिय बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल रिङ रेस्लिङ संघका महासचिव कमल तामाङले बताए ।

प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा हुने जनाएको छ। हेभी वेट (पुरुष) तर्फको विजेताले ‘गोल्डेन बेल्ट’सहित ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने महिला च्याम्पियनशिप विधाका विजेतालाई ‘बेल्ट’ र ५० हजार रुपैयाँ प्रदान गरिने महासचिव तामाङले जानकारी दिए । त्यसैगरी, पुरुष ‘ट्याग टिम हार्डकोर’ विधाका विजेताले मेडल र ६० हजार रुपैयाँ र ‘ट्रिपल थ्रेट’ विधाका विजेताले मेडल र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने महासचिव तामाङले जानकारी दिए ।

खेलकुद र धार्मिक पर्यटनको संगम, दुप्चेश्वरधाममा नयाँ वर्षमा रिङ्ग रेस्लिङ प्रतियोगिता

प्रतियोगितामा नुवाकोटे टाइगर, साइन, डेभिड, चट्टान, सिजे वर्ल्ड, एक्स हिरो लगायत नेपालका एक दर्जनभन्दा बढी चर्चित रेस्लरहरूको भिडन्त हुनेछ।

खेलमा रेफ्रीको भूमिका सञ्जय महर्जनको रहने जनाएको छ ।

प्रतियोगिताको साथसाथै राष्ट्रिय कलाकारहरू स्मृति गौतम र मदन थापा लगायतको प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन दिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ