+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब ‘नागरिक एप’बाटै पञ्जीकरणसम्बन्धी प्रमाणपत्र

अब ‘नागरिक एप’बाटै पञ्जीकरणसम्बन्धी प्रमाणपत्र
डबली खबर
४ घण्टा अगाडी

२ वैशाख, नुवाकोट । नागरिक एपमा अब सामाजिक घटनाहरु जन्मदर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्ता लगायतका प्रमाणपत्र उपलब्ध हुने भएको छ।

सूचना प्रविधि विभागले यी विवरणलाई एकीकृत प्रणालीमा ल्याउने प्रक्रिया सुरु गरेको हो  । जसले नागरिकलाई आवश्यक कागजात सजिलै डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग गर्नेछ।

योसँगै निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगको प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक ‘एनओसी’ पनि एपमार्फत् उपलब्ध हुने छ। नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरेर व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि एपमार्फत उपलब्ध गराउने तयारी भइरहेको छ।

सञ्चार मन्त्रालयले ४५ दिनभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि मन्त्री डा. विक्रम तिमिल्सिनाले छिटो कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

सरकारको उद्देश्य नागरिक एपलाई एकद्वार नीतिमार्फत सेवा प्राप्त गर्न सकिने हो । जसले सबै सार्वजनिक सेवाहरूलाई एउटै डिजिटल माध्यममा उपलब्ध गराउनेछ।

हाल एपमार्फत् प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्ने सुविधा सुरु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ