+
Search

ताजा अपडेट +

पपुलर +

साहित्यकार सञ्जुको दुई कृति सार्वजनिक

sanju adhikari
डबली खबर
१ घण्टा अगाडी

साउन १८, नुवाकोट । पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेकी साहित्यकार सञ्जु अधिकारीका दुई नयाँ कृतिहरू उपन्यास ‘सनम’ र कथासङ्ग्रह ‘मानस’ एकैसाथ बजारमा आएका छन्।

आइतबार एक कार्यक्रमका बिच वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले दुवै कृतिहरूको विमोचन गर्दै चार्टर्ड एकाउन्टेन्सी जस्तो व्यस्त र प्राविधिक पेसामा संलग्न रहेर पनि नेपाली भाषा-साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहनु आफैँमा प्रशंसनीय रहेको बताए ।

बी. एन. पुस्तक प्रालिले प्रकाशन तथा वितरणको जिम्मेवारी लिएका यी कृतिहरूमार्फत् साहित्यकार अधिकारीले नेपाली आख्यान साहित्यमा आफ्नो उपस्थिति अझ सशक्त रूपमा दर्ता गराएकी छिन् ।

यसअघि नै ‘इन्द्रेणी स्पर्श’ र ‘मन’ जस्ता कृतिहरूमार्फत पाठकीय रूचि जित्न सफल अधिकारीले आफ्ना नयाँ सिर्जनाहरूमा मानवीय संवेदना, जीवनका उतारचढाव र सामाजिक यथार्थलाई सूक्ष्म रूपमा समेटीकी थिईन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ