२०८१, १४ बैशाख शुक्रबार

मोरिंगा एक फाइदा अनेक

गगन राज गजुरेल     जेष्ठ ९ २०७७ १६:५०

Moringa Benefits, side effects, and risks
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपाल कृषि प्रधान देश हो। नेपालमा धेरै किसिमका वनस्पति, फलफुल तथा तरकारीको खेती गरिन्छ। नेपालका ६६% जनसंख्या प्रत्यक्ष रुपमा कृषिमा निर्भर छन्। ६६% कृषकमध्ये केहि प्रतिशत मात्रामा मात्रै कसैले अलैची, च्याउ, नगदेबाली, तरकारी खेती गरेको प्रशस्त मात्रामा देखिन्छ । तर हामीसँग यस्तो वनस्पति छ जस्ले हाम्रो देशको कृषि प्रणाली मात्रै नभईकन देशको आर्थिक क्षेत्रलाई नै बलियो बनाउछ, मोरिंगा नामक वनस्पतिले ।

प्रत्येक दिन बिहान मोरिंगाको पातबाट खसेको पानीबाट स्नान गर्दा वा पिउदा सातौ जुनिको पाप नास हुने धार्मिक विश्वास पनि रहेको मानिन्छ।

यस वनस्पतिको थुप्रै नामहरु छन। यसकाे अङ्ग्रेजी नाम मोरिंगा हाे भने यसको आयुर्वेद नाम भने “शितलचिनी” हो । तर हाम्रो देशको तराईमा “सजिवन” भनिन्छ । कुनै कुनै ठाँउमा यसलाई “अगस्ती” को नामले पनि यो प्रख्यात छ । यस वनस्पतिलाई Miracle Tree र Mother Best Friend पनि भनिन्छ । प्रत्येक दिन बिहान मोरिंगाको पातबाट खसेको पानीबाट स्नान गर्दा वा पिउदा सातौ जुनिको पाप नास हुने धार्मिक विश्वास पनि रहेको मानिन्छ। शारिरिक र मानसिक बिकासको लागि भरिपुर्ण Protein, Carbohydrates र Minerals भएको यस वनस्पतिको पातबाट बनेको धुलो प्रति के.जि ३५०० रुपैयाँमा बिक्रि हुँदै आएको छ । तर बेलायत र अमेरिकामा यसको उत्पादन कम हुने भएकाले २०० ग्राम धुलोको १६ डलरमा बिक्री हुने गर्दछ ।

यो वनस्पति समुन्द्रीसतहबाट ८०० मिटरको उचाइमा फल्ने गर्दछ । यस वनस्पतिमा तरकारी समेत फल्ने गर्दछ जसलाई Dumstick भनिन्छ । सो तरकारी नववर्षको दिन माडवारि समुदायले खाने प्रचलन पनि छ । सोही बोटको पातको हामीले चिया पनि पकाएर खान सक्छौं भने पातबाट बनाएको धुलोबाट जुस पनि बनाएर खान सक्छौ। यसको पातबाट हामिले Carbohydrates, Ditery Fiber, Protein, Vitamin A, B, C, Iron, Potassium, Sodium, Zinc, Water लगायतका तत्वहरु एकै साथ पाउन सक्छौ ।

सय ग्राम मोरिंगाको पातमा गाजरको तुलानामा १० गुणा भिटामिन ए, एउटा सुन्तलाको तुलनामा १२ गुणा भिटामिन सि, एक गिलास दुधको तुलनामा १७ गुणा क्यालिसयम, पालुंगोमा भन्दा २५ गुणा आइरन, र दहिमा भन्दा नौ गुणा प्रोटिन पाइन्छ ।

यस वनस्पतिले मानव शरिरमा हर्मोन विकास, यौन शक्ति, थाईराइड नियन्त्रणको लागि पनि प्रयोग गरिन्छ ।

यो बनस्पति नेपाल, भारत , भुटान , बाङ्लादेश, र अफरिकन मुलुकहरुमा पाइन्छ । यो वनस्पति गर्मी ठाँउमा फल्ने गर्दछ। यो वनस्पतिलाई बहुउपयोगी पनि मानिन्छ । यो वनस्पति बिशेषत: मधुमेह, मिर्गौलामा भएको पत्थरी, महिलाहरुमा हुने बाजोपन र उच्च रक्तचाप रोगको लागि यो प्रयोग गरिन्छ । यस वनस्पतिले मानव शरिरमा हर्मोन विकास, यौन शक्ति, थाईराइड नियन्त्रणको लागि पनि प्रयोग गरिन्छ । यसले पुरुषहरुको Sperm Cell को विकासमा पनि मद्दत गर्दछ। हाम्रो शरिरको रगतमा चाहिने सबै खालका भिटामिनहरु यस वनस्पतिमा पाइन्छ । 

यो वनस्पति लगाएको ६ देखि ८ महिना भित्र फल्ने गर्दछ। यस वनस्पतिबाट बनेको तेलले पोलेको घाउहरु निकै छोटो  समयमा निको पार्दछ।। यसको बिउको पिना पानी शुद्धीकरणमा प्रयोग गरिन्छ । यसको Dumstick को सुप निकै फाइदाजनक छ ।

Dumstick को सुपको फाइदाहरु :

  • यसको सुपको सेवनले यौन स्वास्थ्य सन्तुलनमा राख्न सकिन्छ ।
  • यसले महिला र पुरुषको यौन स्वास्थ्यमा समान खालको प्रभाव छोडछ।
  • पाचन प्रणालिलाई पनि चुस्त राख्दछ ।
  • दमका बिरामी र  घाँटी तथा छातिका रोगी हरुलाइ यसको सुप उपयोगि हुन्छ।

यस वनस्पतिको पञ्चतत्व नै काम लाग्ने भएकोले गर्दा यसलाई बहुउपयोगी वनस्पति मानिन्छ।

यो वनस्पति हामिले चिन्न नसकेर ठुलो घाटा व्यहोर्नु परेको छ । सिँचाई गर्न नसकिने, बाँझो जमिनहरुमा हामिले यसको खेती गर्न सक्छौ। यस वनस्पतिलाई संस्कृतमा १८ नामले चिनिन्छ । यस वनस्पतिको पञ्चतत्व नै काम लाग्ने भएकोले गर्दा यसलाई बहुउपयोगी वनस्पति मानिन्छ। बिश्व बजारमा यसको माग बढदो भएको कारणले यसको उत्पादनमा स्थानीय सरकारले खेतीको लागि ध्यान दिएमा स्थानीय तहका नागरिकहरुको आर्थिक क्षेत्र राम्रो हुने देखिन्छ भने सबैकालाई निकै फाइदा हुन्छ। विशेषतः यो मोरिंगा Colon Cancer को लागि पनि उपयोग गरिन्छ।

सजिवन बहुभिटामिनयुक्त वनस्पति हो । सदावहार हरियो हुने यो वनस्पतिलाई ‘गरीबको साथी’ पनि भन्ने गरिन्छ । एकदमै छिटो बढ्ने र ६ देखि ८ महिनामै उत्पादन दिने यो वृक्ष थोरै मिहेनतमा नै हुर्किन्छ । विपन्नताले गर्दा प्रर्याप्त पौष्टिक आहारको अभावमा कुपोषणको समस्या झेल्नुपर्ने हाम्रोजस्तो समाजमा सजिवन निकै प्रभावकारी र लाभदायक हुनसक्छ । 

हरेक किसानले मोरिंगा खेतीमा जोड दिने हो भने कृषि क्षेत्र को विकास निकै सहज छ । कृषकले मात्र नभइकन बेरोजगार युवाहरुले यस वनस्पतिको खेती गर्ने हो भने स्वरोजगारकाे सिर्जना हुनेमा दुइमत नहाेला । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top