+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपिडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि अनुदान रकम वितरण कार्य सुरु

डबली खबर
१६ घण्टा अगाडी

असोज ३, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका पिडित तथा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि अनुदान रकम वितरण गर्ने प्रक्रिया विदुर नगरपालिकाले थालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया–२०८३ अनुसार नगरभित्रका बाढीपीडितलाई बसोबास र जीविकोपार्जनमा सघाउन यो कदम चालिएको नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।

उनका अनुसार अनुदान वितरणको सम्पूर्ण प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन नगरभित्रका सम्बन्धित वडा कार्यालयहरूलाई पत्राचार गरिसकिएको छ। वडा कार्यालयहरूलाई आ-आफ्नो क्षेत्रभित्रका वास्तविक प्रभावित नागरिकहरूको लगत तथा आवश्यक विवरण तुरुन्त संकलन गर्न निर्देशन दिइएको उनले बताईन् ।

नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भई अनुदान पाउन योग्य सम्पूर्ण नागरिकहरूलाई आ-आफ्नो स्थायी वा सम्बन्धित वडा कार्यालयमा अविलम्ब सम्पर्क गर्न अपिल गरेको छ। साथै प्राधिकरणले तय गरेको तोकिएको ढाँचामा आवश्यक कागजातसहित आफ्नो विवरण भरेर बुझाउन पीडित परिवारलाई अनुरोध गरिएको छ।

वडास्तरबाट संकलन भई आएका विवरण र कागजातहरूको प्राविधिक जाँच तथा प्रमाणीकरण गरिने जनाएको छ।

छानबिन प्रक्रिया पूरा भएपछि कार्यविधि २०८३ को नियम अनुसार नै प्रभावितहरूको खातामा अनुदान रकम पठाउने तयारी नगरपालिकाको छ।

निवेदन दिने क्रममा कुनै स्पष्टता नभएमा वा थप जानकारी चाहिएमा आ-आफ्नो वडा कार्यालयमै पुगेर सोधपुछ गर्न सकिने बताइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ