+
Search

ताजा अपडेट +

पपुलर +

विदुर खानेपानीको मोबाइल एप सञ्चालनमा

सुनील श्रेष्ठ
६ मिनेट अगाडी

भदौ ४, नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ग्राहक तथा पदाधिकारीहरूलाई लक्षित गर्दै थप परिमार्जितसहित मोबाइल एप सञ्चालनमा ल्याएको छ।

संस्थाको सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र सहज बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्म तयार पारिएको संस्थाका अध्यक्ष संजिवबहादुर श्रेष्ठले बताए । एपको प्रयोगसँगै अब उपभोक्ताहरूले खानेपानी महसुल र आफ्नो खातासम्बन्धी सम्पूर्ण जानकारी मोबाइलबाटै पाउन सक्ने उनले बताए ।

एपमार्फत् उपभोक्ताले आफ्नो व्यक्तिगत तथा संस्थागत विवरण जुनसुकै समयमा हेर्न सक्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताए । यसका साथै आफूले गरेको भुक्तानीको विवरण, पुरानो हिसाबकिताब तथा वित्तीय प्रतिवेदनहरू सजिलै हेर्न सकिन्छ। खानेपानी वितरण वा सेवामा कुनै समस्या आएमा उपभोक्ताले एपबाटै सिधै गुनासो वा उजुरी दर्ता गर्न सक्ने सुविधा पनि थपिएको छ, जसले गर्दा महसुल बुझाउन वा समस्या दर्ता गराउन कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको उनले बताए ।

त्यसैगरी, संस्थाका समिति सदस्य तथा पदाधिकारीहरूका लागि पनि एपमा विशेष सुविधा समेटिएको छ। पदाधिकारीहरूले संस्थाको समग्र वित्तीय अवस्था, दैनिक महसुल सङ्कलन, पेस्की र उठाउन बाँकी बक्यौता रकमको अध्यावधिक प्रतिवेदन एपबाटै अनुगमन गर्न सक्नेछन्। यसले संस्थाको आन्तरिक व्यवस्थापनलाई अझ प्रभावकारी र पारदर्शी बनाउन मद्दत पुग्ने जनाएको छ ।

हाललाई यो एप एन्ड्रोइड प्रयोगकर्ताहरुले प्रयोग गर्न पाउने छ। जसको लागि गूगल स्टोरमा गएर आफ्नो मोबाईलमा राख्न सकिनेछ ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ