२०८१, ११ बैशाख मंगलवार

ट्राफिकले झिक्न थाले सवारीसाधनका सजावटका सामाग्री (भिडियो)

    मंसिर २० २०७५ १६:२४

traffic police nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / जिल्ला ट्राफिक कार्यालयले सवारीसाधनमा राखिएको सजावटका सामाग्री झिक्न थालेको छ

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीका अनुसार सवारीसाधनको सजावटमा राखिएको सामाग्रीहरुले दुर्घटना निम्त्याउने र अपराधिकजन्य क्रियाकलाप हुने भएकोले दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनमा राखिएको सजावटका सामाग्री झिक्न थालेको बताउनुभयो । आज बिहिबार बस ७, ट्रीपर ४, ट्रक १४ र बोलेरो जीप ३ गरी जम्मा २८ सवारीसाधनमा राखिएको सजावटका सामाग्री झिकिएको अधिकारीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी निर्देशनालयको निर्देशन अनुसार बुधबारदेखि नुवाकोटका सवारीसाधनमा राखिएको झल्लर, दुवै साइडको लुकीङ ग्ल्यासमा राखिएको झन्डा, रुमाल, खादा, अगाडी सिसामा राखिएको झल्लर पर्दा लगायतका दुर्घटना निम्त्याउने सामाग्रीहरु झिकिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सवारीसाधनलाई पहिलोपटक भएको हुनाले साधन र चालकको नम्बरहरु टिपोट गरी छाडिएको र पुन: सजावटको सामाग्री राखिएको खण्डमा कानुन बमोजिम कारवाही गरिने र चालकहरुले पनि त्यस्ता सामाग्रीहरु स्वयं झिकी ट्राफिक प्रहरीलाई सहयोग गर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top