+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइनबाटै उद्योग दर्ता, नुवाकोटमा सुरु भयो प्रविधिमैत्री सेवा

डबली खबर
४५ मिनेट अगाडी

असोज ६, नुवाकोट । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटले अनलाइन प्रणालीमार्फत उद्योग दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

नयाँ प्रविधि अपनाउँदै कार्यालयले आज मंगलबार असोज ६ गते अनलाइनबाट पहिलोपटक उद्योग दर्ता गराउने सेवाग्राहीलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्दै यस सेवाको सुरुवात गरेको हो।

सरकारी सेवा प्रवाहलाई चुस्त, पारदर्शी र झन्झटमुक्त बनाउने लक्ष्यका साथ अनलाइन दर्ता प्रणाली कार्यान्वयनमा ल्याइएको निमित्त कार्यालय प्रमुख गणेश सापकोटाले जानकारी दिए। उनका अनुसार लामो समयदेखि तयारी अवस्थामा रहेको यो डिजिटल प्रणाली सफल रूपमा सञ्चालनमा आएपछि अब सेवाग्राहीले उद्योग दर्ताका लागि पहिला जस्तो धाउनुपर्ने बाध्यता हट्नेछ।

नयाँ प्रविधिको सुरुवातसँगै उद्योग दर्तामा हुने परम्परागत कागजी प्रक्रिया र ढिलासुस्तीमा उल्लेख्य कमी आउने विश्वास लिइएको छ।

डिजिटल शासनलाई बढावा दिनुका साथै यसले सेवाग्राहीको अमूल्य समय र अनावश्यक खर्च जोगिने हुँदा स्थानीय व्यवसायी तथा उद्यमीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

अनलाईनमार्फत उद्योग दर्ता गर्न 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ