डबली खबर
३ घण्टा अगाडी
असोज १३, नुवाकोट । गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएका आफन्तको शव सनाखत भइसक्दा समेत प्रहरी र प्रशासनले हस्तान्तरण नगरेको भन्दै पीडित परिवारले गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण गराएका छन्। आफन्तले शारीरिक बनावट, अनुहार, कपडा तथा व्यक्तिगत सामग्रीका आधारमा स्पष्ट रूपमा सनाखत गरिसकेको शवलाई डिएनए [...]
डबली खबर
१७ घण्टा अगाडी
असोज १२, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित लाभग्राहीको सूची सार्वजनिक गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट एक हजार पाँच सय ३६ घरधुरी पूर्ण रूपमा क्षति भएको छ । घर नभए पनि जग्गा जमिन नष्ट भएका प्रभावितले जग्गाधनी प्रमाण पुर्जा र [...]
डबली खबर
१८ घण्टा अगाडी
असोज १२, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट बेपत्ता नागरिकहरुको नामावली सार्वजनिक गरेको छ। बेपत्ता नागरिकहरुको नामावली
डबली खबर
१८ घण्टा अगाडी
असोज १२, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोट जिल्लाको पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा क्षति पुगेको छ। नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको भोटेकोशी बाढीको क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीका कारण जिल्लाका विभिन्न भागमा रहेका ६० भन्दा बढी होटल तथा रेस्टुरेन्टहरूमा प्रत्यक्ष र गम्भीर क्षति पुगेको छ। [...]
डबली खबर
१ दिन अगाडी
असोज ११, बट्टार । भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि करिब एक महिनापछी नुवाकोटमा खुलारूपमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटअन्तर्गत सञ्चालित रक्तसञ्चार केन्द्रको आयोजनामा बट्टारमा रक्तदानमा नौ जनाले रगत दान गरेका छन् । त्रिशूली अस्पतालमा उपचाररत बिरामीका लागि रगतको अभाव देखिएपछि रक्तसञ्चार [...]
डबली खबर
२ दिन अगाडी
असोज ११, नुवाकोट । नेपालमा आधुनिक परियत्ति शिक्षाको ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ । बाढीले सिङ्गो बौद्ध समुदाय र नेपालको शैक्षिक इतिहासमै ठूलो बज्रपात पुर्याएको छ। भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो [...]
डबली खबर
२ दिन अगाडी
असोज ११, नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोटको त्रिशूली नदीपारिको क्षेत्रसँग सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि विदुर नगरपालिकाले आपतकालीन उद्धार, राहत तथा दीर्घकालीन पूर्वाधार पुनर्निर्माणको कार्यलाई तीव्र बनाएको छ। बाढीले सम्पूर्ण पुलहरू बगाएपछि त्रिशूलीपारिका बस्तीहरू सडक सम्पर्कबाट टाढा भई स्वास्थ्य सेवा, खाद्यान्न [...]