असोज १२, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित लाभग्राहीको सूची सार्वजनिक गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट एक हजार पाँच सय ३६ घरधुरी पूर्ण रूपमा क्षति भएको छ ।
घर नभए पनि जग्गा जमिन नष्ट भएका प्रभावितले जग्गाधनी प्रमाण पुर्जा र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दावी पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।