+
Search

ताजा अपडेट +

पपुलर +

विनाशकारी बाढीले बगायो ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र

डबली खबर ५ घण्टा अगाडी
असोज १४, नुवाकोट ।  दशकौँदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रलाई निरन्तर उज्यालो दिँदै आएको नेपालको ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र अहिले पहिचानविहीन बनेको छ। गत भदौ १० गतेको भीषण वर्षापछि भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले २४ मेगावाट क्षमताको यो महत्त्वपूर्ण जलविद्युत् गृहलाई पूर्ण रूपमा ध्वस्त बनाएर बगरमा परिणत गरिदिएको छ। आयोजनाको [...]

अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ

डबली खबर ५ घण्टा अगाडी
असोज १४, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा उहाँले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा [...]

बाढीपिडित तत्काल राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा जोड: गीता अमात्य

डबली खबर ६ घण्टा अगाडी
असोज १४, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य गीता अमात्यले बाढीपिडित तत्काल राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छिन्। भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेका स्थानीय उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि आयोजित सरोकारवालाहरूको बैठकमा उनले उक्त धारणा राखेकी हुन्। प्राकृतिक विपत्तिका कारण वर्षौंदेखि कमाएको सम्पत्ति [...]

बाढीले बगर बनाएको सुगतपुर विहार पुनर्निर्माणका लागि आह्वान

डबली खबर ८ घण्टा अगाडी
असोज १४, नुवाकोट । नेपालमा आधुनिक बौद्ध शिक्षा (परियत्ति शिक्षा) को ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ । भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो सांस्कृतिक विरासत, अमूल्य ऐतिहासिक दस्तावेज तथा पुरातात्विक महत्त्वका सम्पूर्ण [...]

बाढीपछि भौतिक पूर्वाधार पुनर्निर्माण र राहत वितरण तीव्र पारिँदै

डबली खबर १ दिन अगाडी
असोज १३, नुवाकोट । गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिकाभित्र ठूलो जनधनको क्षति भएको छ। बाढीले विदुर नगरपालिकाको भूगोलभित्र रहेका ७ वटा पक्की पुलहरू पूर्ण रूपमा बगाएर लगेपछि नगरपालिकाका १३ मध्ये ७ वटा वडा प्रत्यक्ष प्रभावित भएको नगरपालिकाले जनाएका छन्। हाल त्रिशूली नदीपारिका वडाहरूमा [...]

भोटेकोशी बाढी: सनाखत भइसकेका शव पनि डिएनए परीक्षणका नाममा रोकिए, पीडित परिवारद्वारा गृह सचिवको ध्यानकर्षण

डबली खबर १ दिन अगाडी
असोज १३, नुवाकोट । गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएका आफन्तको शव सनाखत भइसक्दा समेत प्रहरी र प्रशासनले हस्तान्तरण नगरेको भन्दै पीडित परिवारले गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण गराएका छन्। आफन्तले शारीरिक बनावट, अनुहार, कपडा तथा व्यक्तिगत सामग्रीका आधारमा स्पष्ट रूपमा सनाखत गरिसकेको शवलाई डिएनए [...]

विदुर नपाले सार्वजनिक गर्यो बाढीबाट प्रभावित लाभग्राही नामवली

डबली खबर १ दिन अगाडी
असोज १२, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित लाभग्राहीको सूची सार्वजनिक गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट एक हजार पाँच सय ३६ घरधुरी पूर्ण रूपमा क्षति भएको छ । घर नभए पनि जग्गा जमिन नष्ट भएका प्रभावितले जग्गाधनी प्रमाण पुर्जा र [...]