+
Search

ताजा अपडेट +

पपुलर +

‘सेल ब्रोडकास्ट सिस्टम’को प्रारम्भिक परीक्षण

डबली खबर
३४ सेकेण्ड अगाडी

मङ्सिर ७, नुवाकोट । नेपाल टेलिकमको २-जी नेटवर्कमा ‘सेल ब्रोडकास्ट सिस्टम’को प्रारम्भिक परीक्षण आज सफल परीक्षण गरिएको छ।

सीमित प्रयोगकर्तामाझ गरिएको यो परीक्षण छिट्टै व्यापक रूपमा सञ्चालन गरिनेछ।

मोबाइल नेटवर्कमार्फत आपत्कालीन सूचना र पूर्वचेतावनी नागरिकसम्म छिटो तथा प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले यो प्रविधि परीक्षण गरिएको हो।

नेपाल टेलिकमको फोरजी नेटवर्क र एनसेलमा समेत छिट्टै परीक्षण गरिनेछ।

विभिन्न चरणका अनुभव र नतिजाका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै अघि बढाइने जनाइएको छ।

Invalid video URL

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ