+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावित समुदायका महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

डबली खबर
१ मिनेट अगाडी

मङ्सिर ८, बट्टार । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको आयोजनामा बाढी प्रभावित समुदायमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि अभिमुखीकरण कार्यक्रम भएको छ।

जाडो मौसमको सुरुवातसँगै देखिन सक्ने सम्भावित स्वास्थ्य जोखिमबारे समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अभिमुखीकरण कार्यक्रममा चिसो मौसमका कारण देखिन सक्ने स्वास्थ्य समस्या, तिनबाट बच्ने उपाय तथा रोकथामका विधिबारे स्वयंसेविकाहरूलाई जानकारी प्रदान गरिएको रेडक्रसका सभापति हरि श्रेष्ठले बताए ।

समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउन तथा सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई थप प्रभावकारी बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ