+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा नेकपा बैठक: बाढीपीडितको राहत र पुनर्स्थापनामा जोड

डबली खबर
१५ घण्टा अगाडी

कत्तिक १५, नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला समितिको बैठक बिहीबार सम्पन्न भएको छ। बैठकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा पुगेको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई जोडदार माग गरेको छ।

बैठकले बाढीबाट दिवंगत भएका पार्टीका कमरेडहरू, स्थानीय बासिन्दा र पर्यटकहरूप्रति हार्दिक सहानुभूति अर्पण गरेको छ। साथै राहत र पुनर्स्थापना कार्यमा पार्टीका नेता, कार्यकर्ता, स्थानीय पार्टी कमिटी, निर्वाचित जनप्रतिनिधि र वाईसीएल लगायतका जनसंगठनको योगदानलाई उच्च सम्मान गर्दै भविष्यमा पनि पुनर्स्थापनामा पार्टी परिचालन गर्ने निर्णय गरेको छ।

बाढी प्रभावित र विस्थापितहरूको राहत तथा पुनर्स्थापना कार्य सन्तोषजनक नभएको र राज्यले पर्याप्त पहल नगरेको भन्दै बैठकले पीडित तथा घरबारविहीनहरूको तत्काल पुनर्स्थापना र क्षतिपूर्ति कार्यक्रम अगाडि बढाउन सम्बन्धित सरकारलाई जोडदार माग गरेको छ।

शोक प्रस्तावअन्तर्गत बागमती प्रदेश समितिका सदस्य नवराज नेपाल र पाल्देन तामाङ, जिल्ला सल्लाहकार हिमालय पौडेल, जिल्ला समिति सदस्य सूर्यबहादुर तामाङ, शिक्षक संगठनका नेता गोविन्द लामिछाने तथा अन्य नेता सुनिल थापा, उमा पौडेल र मोतीलाल तामाङको निधनप्रति गहिरो शोक व्यक्त गरिएको छ।

यसबाहेक बैठकले जिल्ला सदस्यहरूको सपथ ग्रहण, वडा कमिटी समायोजन, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र केन्द्रले घोषणा गरेको राष्ट्रिय जागरण अभियानलाई तोकिएको समयमै पूरा गर्ने निर्णयसमेत गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ