+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षक रामहरि आचार्यको पुस्तक ‘ऐतिहासिक नुवाकोट’ लोकार्पण

सुनील श्रेष्ठ
१ घण्टा अगाडी

असोज २५, नुवाकोट । शिक्षक रामहरि आचार्यद्वारा लिखित नुवाकोटको इतिहास समेटिएको पुस्तक ‘ऐतिहासिक नुवाकोट भाग–१’ आज विशेष समारोहबीच लोकार्पण गरिएको छ।

नुवाकोटका जीवितदेवी कुमारी प्रार्थी डङ्गोल, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र भैरवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पाण्डेलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

नुवाकोटको विवरणात्मक इतिहास समेत रहेको पुस्तक पाँच सय ४६ पृष्ठको छ।  पुस्तकमा नुवाकोट जिल्लाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्रशासनिक पक्ष विस्तृत रूपमा समेटिएको छ।

१६ खण्डमा विभाजित पुस्तकको मूल्य एक हजार रुपैयाँ रहेको छ ।

खण्डहरूमा नुवाकोट जिल्ला परिचय, नामकरण, मठमन्दिर, दरबार तथा पाटीपौवा, हिति–ढुङ्गेधारा–कुवा–पोखरी–इनार–चौतारा, जात्रापर्व, गुठी, धामी–द्वारे–कुमारी, सार्वजनिक जग्गाको विवरण, इतिहाससँग जोडिएका विविध पक्ष, धर्म, पृथ्वीनारायण शाह र राज्य एकीकरण, शासक तथा जनप्रतिनिधि, इतिहासमा नुवाकोट, बेत्रावती सन्धि र अबको बाटोजस्ता विषय समेटिएका छन्।

लेखक आचार्यले नुवाकोटको समृद्ध इतिहासलाई व्यवस्थित र प्रमाणिक रूपमा प्रस्तुत गर्न खोजेको बताइएको छ।

लोकार्पण समारोहमा उपस्थितहरूले पुस्तकले नुवाकोटको ऐतिहासिक पहिचान संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ