कात्तिक १३, नुवाकोट । नुवाकोट सेवा समाज दोहा, कतारको प्रस्तुतिमा नुवाकोटको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक विविधता समेटिएको गीत ‘हाम्रो नुवाकोट हामी नुवाकोटे’ सार्वजनिक भएको छ।
गीतका शब्द पुरु लम्सालका हुन्। संगीत रामजी थापा मगरले भरेका छन्।
गीतमा सिद्धान्त परियार, सुनिल थापा मगर, पवित्रा गुरुङ र मुना खड्काले स्वर दिएका छन्।
संगीत संयोजन नारायण दंगालले गरेका छन् भने रेकर्डिङ सागर पुनले गरेका छन्। मिक्स तथा मास्टरिङ कुमार सानु पुनको हो।
गीतको भिडियो निर्देशन पनि रामजी थापा मगरले गरेका छन्। छायांकन केदार ढकाल र भी गुरुङले गरेका छन्।
सम्पादन तथा कलर ग्रेडिङ रोशन धितालले गरेका छन् भने पोस्ट प्रोडक्सन धिताल फिल्म्सले गरेको छ।
विदेशमा रहेका नुवाकोटेहरूको माटोप्रतिको माया र पहिचान गीतमार्फत प्रस्तुत गरिएको समाजले जनाएको छ।
गीत युट्युबमा उपलब्ध छ।