+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीसँग भारत जाँदै ५२ उद्योगी–व्यवसायी

डबली खबर
३० मिनेट अगाडी

मङ्सिर ४, नुवाकोट । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारत भ्रमणमा नेपालका विभिन्न क्षेत्रका ५२ उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरू निजी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीसँग भारत जान लागेका हुन्।

भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत विभिन्न व्यावसायिक संस्थाका पदाधिकारीदेखि युवा उद्यमीसम्मको सहभागिता रहनेछ।

भारत जाने उद्योगी–व्यवसायीको सूचीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, इप्पानका अध्यक्ष मोहनकुमार डाँगी, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङलगायत रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ