+
Search

ताजा अपडेट +

पपुलर +

मतदान जारी

first voter in Bidur Municipality Battar 4 Nuwakot
डबली खबर
१ महिना अगाडी

२१ फागुन, नुवाकोट । जारी प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका आज बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ ।

जेन-जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्धारित समयमै निर्वाचन गराईएको हो ।

मतदान साँझ ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्न पाउने छन् ।

मतदाताले मतदानस्थलभित्र कुनै पनि क्यामेरा, मोबाईल ज्वलनशिललगायतका अन्य निषेधित सामग्रीहरु लैजान रोक लगाईएको छ ।

मतपत्रको कागज पातलो भएकोले स्वस्तिक छाप लगाउन र पट्टाउन असहज भएको मतदाताहरु बताउँछन् ।

नुवाकोटमा दुई लाख ४७ हजार ८६८ जना मतदाता, १३२ मतदानस्थल रहेको छ ।

यो पनि,

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताहरु रहेका छन् ।

प्रतिनिधिसभा सदस्य पदको १६५ सिटको निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फ ३ हजार ४०५ जना उम्मेदवारहरुले चुनावी दौरानमा होमिएका छन्। यस्तै, समानुपातिकतर्फ १ हजार २७० जना उम्मेदवारहरु रहेका छन् ।

मतदाताले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र गरी ६ प्रकारका कागजातको आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ