+
Search

ताजा अपडेट +

पपुलर +

‘नागरिक एप’बाटै मतदाता परिचयपत्रको विवरण हेर्न र स्क्रिनसट लिन सकिने

voter card screenshot from mobile in Nepal
डबली खबर
३ महिना अगाडी

१६ फागुन, नुवाकोट । सरकारले ‘नागरिक एप’ मार्फत् उपलब्ध हुने सेवाहरूलाई थप परिष्कृत गर्दै मतदाता परिचयपत्रको विवरण हेर्न र सुरक्षित राख्न सकिने सुविधा ल्याएको छ।

नागरिकहरूले अब आफ्नो मोबाइलबाटै मतदाता परिचयपत्रमा उल्लेखित जानकारीहरू सहजै प्राप्त गर्न सक्नेछन्।

एपको नयाँ संस्करणमा यो सुविधा अध्यावधिक गरिएको हो ।

प्रयोगकर्ताले उक्त सुविधाको लाभ लिनका लागि अनिवार्य रूपमा आफ्नो एप अपडेट गर्नुपर्ने छ।

विवरण कसरी हेर्ने?

नागरिक एपमा लगइन गरी आफ्नो ‘प्रोफाइल’ मा जाने।

त्यहाँ उपलब्ध सेवाहरूमध्ये ‘भोटर विवरण’ (Voter Card) विकल्प चयन गर्ने।

विवरण खुलेपछि आवश्यकता अनुसार त्यसलाई मोबाइलमा स्क्रिनसट गरेर सुरक्षित राख्न सकिनेछ।

डिजिटल सुरक्षालाई ध्यानमा राख्दै नागरिक एपले आफ्ना प्रयोगकर्ताहरूलाई विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

स्क्रिनसट लिँदा वा विवरण साझा गर्दा आफ्नो व्यक्तिगत गोपनीयताको ख्याल गर्न र अनाधिकृत व्यक्ति वा समूहलाई आफ्नो संवेदनशील विवरण उपलब्ध नगराउन समेत सचेत गराइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ