२२ माघ, नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा जिल्लाका ३० जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिएका पाँच जना स्वतन्त्र र एक जना मात्र महिला उम्मेदवार रहेका छन् ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा १३ दलका उम्मेदवारसहित ५ स्वतन्त्र गरी १८ जना प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धी दलका अधिकांश उम्मेदवारहरु पञ्चकन्या गाउँपालिकाबाट आएका छन्।
निर्वाचनमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत, नेकपाका हितबहादुर तामाङ, रास्वपाका विक्रम तिमिल्सिना, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतम तथा स्वतन्त्र उम्मेदवार राजु थापा र माधव थापा रहेका छन् ।
नेकपा एमालेका बद्री मैनाली र नेकपा माओवादीका महेन्द्र तामाङ सूर्यगढी गाउँपालिकाका हुन्।
स्वतन्त्र उम्मेदवार रामेश्वर भण्डारी र चेपे तामाङ तादी गाउँपालिकाका, नेमकिपाका रविन्द्र डंगोल र जसपा नेपालका होमबहादुर राई लिखु गाउँपालिकाका, उज्याले नेपाल पार्टीका अमित तामाङ र श्रम संस्कृति पार्टीका दावा फेन्जो तामाङ ककनी गाउँपालिकाका हुन् ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा १२ दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। विदुर नगरपालिकाबाट मुख्य दलसहित ५ जना उम्मेदवारी दिएका छन्।
नेकपाका हिरानाथ खतिवडा, राप्रपाका झनकबहादुर प्याकुरेल, नेकपा माओवादीका नवराज ढुंगाना, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले र श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ विदुर नगरपालिकाका रहेका छन् ।






























































प्रतिक्रिया