८ फागुन, विदुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा मतदान कार्यमा खटिने कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालय खरानीटारले आज एक सूचना जारी गर्दै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीहरुको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा ८६४ जना कर्मचारीहरु खटाईएको छ । जसमा १४४ जना मतदान अधिकृतहरु रहेका छन् । मतदान केन्द्रहरुमा एक मतदान अधिकृतसहित १/१ जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी खटाईएको छ ।
खटाइएका कर्मचारीलाई तोकिएको समयभित्र नियुक्तिपत्र बुझ्न समेत निर्देशन दिइएको छ।