sujim bazar advert

नुवाकोट निर्वाचन: ८६ जना स्वास्थ्यकर्मी परिचालित

डबली खबर     फाल्गुन १३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

professional health people in Nuwakot
Big Education Consultancy Nuwakot

१३ फागुन, नुवाकोट । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न नुवाकोट जिल्लाका दुई निर्वाचन क्षेत्रमा गरी ८६ जना स्वास्थ्य क्षेत्रका कर्मचारीहरू मतदान कार्यमा खटिएका छन्।

कर्मचारीहरूको प्राविधिक योग्यता र अनुभवका आधारमा विभिन्न मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

दुई निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयले प्रकाशन गरिएको विवरण अनुसार जिल्लाका त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र पशु सेवा कार्यालयबाट कर्मचारीहरूलाई निर्वाचनको जिम्मेवारी तोकिएको हो।

निर्वाचन १ मा २९ स्वास्थ्यकर्मी परिचालन

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा स्वास्थ्य क्षेत्रबाट २९ जना कर्मचारीहरू खटिएका छन् ।

यस क्षेत्रमा मुख्यतया स्थानीय तहका गाउँपालिका कार्यालयहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्राथमिकता दिइएको छ ।

विभिन्न मतदान केन्द्रहरूमा २७ जना कर्मचारी प्रत्यक्ष रूपमा खटिएका छन् भने २ जनालाई जगेडामा राखिएको छ ।

निर्वाचन २ मा ५७ स्वास्थ्यकर्मी र ९ पशु स्वास्थ्यकर्मी

निर्वाचन क्षेत्र नम्बर २ मा मानवीय स्वास्थ्यतर्फ ५७ जना र पशु सेवातर्फ ९ जना गरी कुल ६६ जना कर्मचारी परिचालित भएका छन्।

त्रिशुली अस्पतालबाट सबैभन्दा बढी २४ जना कर्मचारी खटिएका छन् । यसमा अस्पताल निर्देशक, नर्सिङ अधिकृत, चिकित्सक र प्रशासनिक कर्मचारीहरू समावेश छन् ।

यसैगरी जनस्वास्थ्य कार्यालय र विभिन्न गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य शाखाबाट १९ जना कर्मचारी खटिएका छन् ।

आयुर्वेद चिकित्सालयबाट १२ जना चिकित्सक र वैद्य निरीक्षकहरू मतदान कार्यका लागि खटिएका छन् ।

स्वास्थ्य बीमा बोर्डबाट २ जना कर्मचारीहरु खटिएका छन् ।

पशु सेवा कार्यालय र मातहतका शाखाबाट ९ जना कर्मचारीहरूलाई निर्वाचनमा परिचालन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो । मन्त्रालयले निर्वाचनको समयमा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत आग्रह गरेको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top