+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको विदुर नपामा कुल मतदातामध्ये १८.९ प्रतिशत, किस्पाङमा कम

डबली खबर
११ मिनेट अगाडी

मङ्सिर १०, नुवाकोट । निर्वाचन आयोगको जिल्ला निर्वाचन कार्यालय, नुवाकोटले जारी गरेको अन्तिम मतदाता नामावलीअनुसार जिल्लाका १२ वटै स्थानीय तहमा कुल २ लाख ४८ हजार ५ सय ९ मतदाता पुगेको छ ।

गत भदौ १५ गतेसम्म १६ वर्ष उमेर पूरा भएका मतदाताको आधारमा तयार पारिएको हो।

जिल्लाको कुल मतदातामध्ये विदुर नगरपालिकामा सबैभन्दा बढी ४७ हजार ७६ (१८.९ प्रतिशत) मतदाता छन्। त्यसपछि बेलकोटगढी नगरपालिकामा ३५ हजार ६ सय ५८ (१४.३ प्रतिशत) मतदाता रहेका छन्। यी दुई नगरपालिकामा मात्रै जिल्लाको करिब एक तिहाइभन्दा बढी मतदाता छन्।

गाउँपालिकाहरूमा ककनीमा २२ हजार ५ सय ८४ (९.१ प्रतिशत), शिवपुरीमा २१ हजार ४ सय ६० (८.६ प्रतिशत) र दुप्चेश्वरमा १७ हजार ८ सय २७ (७.२ प्रतिशत) मतदाता छन्।

यस्तै, लिखुमा १६ हजार २ सय ६३, तादीमा १५ हजार ६ सय ६३, पञ्चकन्यामा १५ हजार ५ सय ८८, तारकेश्वरमा १५ हजार ४ सय ९७ र सूर्यगढीमा १४ हजार ९ सय ७९ मतदाता रहेका छन्।

सबैभन्दा कम मतदाता किस्पाङ गाउँपालिकामा १२ हजार ७ सय ८९ (५.१ प्रतिशत) र म्यागङमा १३ हजार १ सय २५ (५.३ प्रतिशत) छन्।

लिङ्गगत रूपमा हेर्दा अधिकांश स्थानीय तहमा पुरुष मतदाताको संख्या बढी छ। विदुरमा पुरुष २३ हजार ७ सय ६६ र महिला २३ हजार ३ सय १०, बेलकोटगढीमा पुरुष १९ हजार ७६ र महिला १६ हजार ५ सय ८२ छन्।

यसैगरी म्यागङ गाउँपालिकामा भने महिलाको संख्या थोरै बढी ६ हजार ५ सय ८३ महिला र ६ हजार ५ सय ४२ पुरुष रहेको छ।

मतदानस्थलको संख्या विदुरमा २६, बेलकोटगढीमा १६, दुप्चेश्वरमा १५ र ककनीमा ११ छ भने पञ्चकन्या र किस्पाङमा ६–६ वटा मात्र छन्।

जिल्ला निर्वाचन कार्यालयले मतदातालाई आफ्नो नाम नामावलीमा जाँच्न अनुरोध गर्दै अनलाईनमा विवरण हेर्न सकिने जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ