+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले बगाएका खानेपानी पाइप नझिक्न अनुरोध

डबली खबर
६ मिनेट अगाडी

मङ्सिर ८, नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बाढीले बगाएर विभिन्न स्थानमा पुर्‍याएका खानेपानीका पाइपहरू नझिक्न र नचलाउन स्थानीय बासिन्दा तथा सरोकारवालालाई अनुरोध गरेको छ।

संस्थाले जारी गरेको सूचनाअनुसार भाद्र १० गते आएको भीषण बाढीका कारण बेत्रावतीदेखि सिमुटारसम्मको क्षेत्रमा रहेका पाइपहरू बगेर विभिन्न ठाउँमा पुगेको उल्लेख छ। उक्त पाइपहरू जहाँसुकै भेटिए पनि कसैले नझिक्ने, नचलाउने र आफ्नो घर वा अन्यत्र नलैजाने आग्रह गरिएको छ।

कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाका अनुसार ती पाइपहरू खानेपानी सेवा पुनः सञ्चालन र मर्मतसम्भारका लागि अत्यन्त आवश्यक छन्। त्यसैले सबैले संरक्षण गरिदिन आग्रह गर्दै फेला परेमा नजिकको सम्बन्धित निकाय वा विदुर खानेपानी कार्यालयमा जानकारी गराई सहयोग गर्न अनुरोध गरिएको छ।

संस्थाले स्पष्ट पारेको छ कि अनुमतिबिना पाइप झिक्ने, लैजाने, लुकाउने वा निजी प्रयोजनमा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ