+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोट क्षेत्र नम्बर २ मा ८९७ जना कर्मचारीहरु खटाईयो

नुवाकोट क्षेत्र नम्बर २ मा ८९७ जना कर्मचारीहरु खटाईयो
डबली खबर
१ महिना अगाडी

८ फागुन, विदुर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. २ मा मतदान कार्यमा खटिने कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले आज एक सूचना जारी गर्दै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीहरुको विस्तृत विवरण सार्वजनिक गरेको जनाएको छ।

विवरणअनुसार निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका सबै मतदान केन्द्रहरुमा आवश्यक जनशक्ति व्यवस्थापन पूरा भएको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा ८९७ जना कर्मचारीहरु खटाईएको छ । जसमा १४९ जना मतदान अधिकृतहरु रहेका छन् । मतदान केन्द्रहरुमा एक मतदान अधिकृतसहित १/१ जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी खटाईएको छ भने मतदाताको सङ्ख्याअनुसार सहायक कर्मचारीहरु खटाएको छ ।

अस्थाई मतदान केन्द्र कारागार कार्यालयमा तीन जना कर्मचारी खटाईएको छ ।

खटाइएका कर्मचारीलाई तोकिएको समयभित्र नियुक्तिपत्र बुझ्न समेत निर्देशन दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ