+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचन: नुवाकोटमा १ हजार ७७४ कर्मचारी खटाइयो

निर्वाचन: नुवाकोटमा १ हजार ७७४ कर्मचारी खटाइयो
डबली खबर
१ महिना अगाडी

१५ फागुन, विदुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटका दुई निर्वाचन क्षेत्रमा करिब दुई हजार जना कर्मचारी खटाईएको छ ।

जिल्लाका दुई निर्वाचन क्षेत्र १ नम्बर २ नम्बरमा एक हजार ७७४ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमबहादुर थापामगरले जानकारी दिए ।

नुवाकोटमा सेनाद्वारा मोटरसाइकलबाट पेट्रोलिङ

निर्वाचनमा नेपाल प्रहरीका एक हजार ७३० जना र शसस्त्र प्रहरीका १६९ जना निर्वाचन प्रहरीहरु खटाईएको उनले जानकारी दिए ।

आज शुक्रबारदेखि नुवाकोटमा निर्वाचन प्रहरीहरुलाई प्रहरी चौकीमा परिचालन गरिएको छ ।

यस्तै, निर्वाचनमा शेर गण र १ नम्बर शैन्य तालिम केन्द्रका नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाईएको छ ।

निर्वाचन अधिकृतलाई प्रशिक्षण

कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ