sujim bazar advert

योजनाको आशमा मन्त्रीलाई निम्तो

सुनील श्रेष्ठ     माघ २, २०८०


Sizen Education Consultancy Pvt. Ltd.

chief minister of bagamati province bahadur singh lama nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – जिल्लामा पूर्वाधार विकास, सांस्कृतिक, शैक्षिकलगायतको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामासँग योजना माग्दै कार्यक्रमको निम्तो गर्नेको होड चलेको छ ।

मन्त्री आउने थाहा पाएपछि सर्वसाधारणको घुईचो लाग्ने गरेको छ। जिल्लामा मन्त्री आएपछि आफ्ना समस्या राख्न योजना माग गर्ने समुहहरु धाउन थालेका छन्। विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा आमनागरिकले सुझावको साथै योजना तथा बजेट माग्ने गरेको छ । ०७४ र ०७९ को निर्वाचन र स्थानीय तहको निर्वाचनपछि मन्त्री, सांसद जनप्रतिनिधिहरु नागरिक सम्बन्ध र विकास निर्माणमा तल्लिन छन् । खानेपानी, सडक, खेलकुद, नाचगानलगायतको अभावमै योजना तथा बजेटमा योजनाको लस्कर लिएर धाउने गरेको छ ।

यसैक्रममा कार्यक्रमको निम्तो मान्दै मन्त्री लामा पुस महिनामा आधा दर्जनभन्दा बढी विभिन्न कार्यक्रममा गृहजिल्ला नुवाकोट आएका छन् । पुस २७ गते विदुर नगरपालिकाको दुई वडा २ र ५ मा छुट्टाछुट्टै भएको पृथ्वी जयन्ती र सम्मान कार्यक्रममा मन्त्री लामाले पृथ्वीनारायणको फोटो र शालिकमा मल्यार्णपन गरेका थिए भने राष्ट्रनिर्माताको चर्चा गरेका थिए । विदुर नगरपालिका वडा नम्बर २ को नुवाकोटमा र पृथ्वी स्मारक संरक्षण समितिको आयोजना देवीघाटमा भएको थियो । एकै कार्यक्रम दुई स्थानमा हुदाँ मन्त्री लामालाई भ्याईनभ्याई थियो । देवीघाटको कार्यक्रम बिहान ११ बजे भनिएतापनि दिउँसो करिब ३ बजेमात्र पुगेका थिए ।

मन्त्री लामालाई विदुर नपा-२ नुवाकोटमा आयोजना गरिएको कार्यक्रमकै बीचमा जनप्रतिनिधि र विद्यालय समुहले बोलाएर योजनासहितको हात जोडीजोडि फाइल हातमा ठम्याए दिएका थिए।

मन्त्री लामालाई विदुर नपा-२ नुवाकोटमा आयोजना गरिएको कार्यक्रमकै बीचमा जनप्रतिनिधि र विद्यालय समुहले नुवाकोट क्लबको भवनमा लगेर योजनासहितको हात जोडीजोडि फाइल हातमा ठम्याए दिएका थिए। यस्तै, देवीघाटमा पनि गल्छी-केरुङ राजमार्ग अन्तर्गत पर्ने सडक र स्मारक पार्क नजिकै रहेको स्थानमा उत्खनन गर्नुपर्ने भनि पृथ्वी स्मारक संरक्षण समितिले मौखिक रुपमै योजना बुझाएका थिए।

हप्ता दिनअघि नै यसघि पुस १६ गते मन्त्री लामा विदुर नगरपालिका-८ मा रहेको भैरुम माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रुपमा उपस्थित जनाएका थिए । पुस १४ गते साहित्य संगम नुवाकोटद्वारा आयोजित नुवाकोट साहित्य, संस्कृति तथा पर्यटन महोत्सव २०८० उद्घाटन गर्न नुवाकोट आएका थिए । कार्यक्रमको खर्चपूर्तिको लागि मन्त्रीलाई गुहारेका थिए ।

यस्तै, पुस ५ गते विदुर नपा-१२ को तिनधारे पिपलडाँडा माध्यामिक विद्यालयको ४५औं वार्षिकोत्सव समारोहमा आएका थिए । मन्त्री लामा पुस ५ गतेनै म्यागङ गाउँपालिकाको आयोजनामा भएको म्हेन्दोमाया र साइकोले प्रतियोगिताको लागि आएका थिए । पुस २ गते नेपाली काँग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न मन्त्री लामा गृहजिल्ला आएका थिए ।

मन्त्री लामा एक पात्र मात्रै हुन् । विदुर खानेपानीको समस्या समाधानको लागि जम्बोटोलिसहित फलाखु खोला पुगेका मन्त्री लामाले फुटकर योजनामा आफुलाई नबाँध्न भनेका थिए । फुटकर योजनाभन्दा पनि दीर्घकालीन विकास योजनामा ल्याउन मन्त्री लामाको भनाइ छ । स्थानीय तहको अधिकार क्षेत्रमा रहेको विकास निर्माणलाई सिधै प्रदेशलाई सम्बोधन गर्दा प्रक्रियागत आरोहणको माध्यम बढ्दै गएको छ ।

यसैगरी नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद रमेशकुमार महत, हीतबहादुर तामाङ, अर्जुननरसिंह केसीलगायतको पनि जिल्लाप्रति मोह बढेको छ भने विकास निर्माणले पनि गति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



maan bina ko dhaan Nepali Movie

प्रतिक्रिया



Top