sujim advert

म्हेन्दोमायामा कल्लाबारी र साईकोलेमा देउराली समूह प्रथम

डबली खबर     पुस ६, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

mhendomaya saikole competition myagang nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – गाउँपालिकास्तरीय म्हेन्दोमाया तथा साईकोले प्रतियोगिता सम्पन्न भएको छ । म्यागङ गाउँपालिकाद्वारा आयोजित तीन दिनसम्म चलेको उक्त प्रतियोगितामा साइकोलेतर्फ २३ समूह र म्हेन्दोमायातर्फ १८ समूहको सहभागीता रहेको थियो।

म्हेन्दोमायामा म्यागङ-५ को कल्लाबारी म्हेन्दोमाया समूह प्रथम, म्यागङ-३ को चिउरीभञ्ज्याङ म्हेन्दोमाया समूह द्वितीय र म्यागङ-६ को पुरानोपानी म्हेन्दोमाया समूहले तृतीय भएको निर्णायक मण्डलका संयाेजक बिगेन्द्र तामाङले जानकारी दिए ।

यस्तै, साईकोलेमा देउराली सामुदायिक साइकोले प्रथम, सानेगङ मोङ्बोथो साइकोले समूह द्वितीय र बुङताङ सांस्कृतिक साईकोले समूह तृतीय भएका छन् ।

विजेताले क्रमश: रु.५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसहित डम्फु र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिका अध्यक्ष आशा तामाङले जानकारी दिए ।

विजयी समूहलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा म्हेन्दोमाया समाजका संथापक विगेन्द्र वाइबा तामाङ, कलाकार तथा निर्देशक राजकिङ वाईबा र संगीतकार शैलाव वाइबाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top