+
Search

ताजा अपडेट +

पपुलर +

आगजनी प्रभावित विद्यालयलाई मेरो माइक्रोफाइनान्सको प्रशासनिक सामग्री सहयोग

डबली खबर
२ घण्टा अगाडी

मङ्सिर ३, नुवाकोट । लघुवित्त संस्था मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सूर्यमती माध्यमिक विद्यालयलाई प्रशासनिक कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बेलकोटगढी नगरपालिका–१३ स्थित उक्त विद्यालयलाई प्रशासनिक सामग्री सहयोग गरेको हो ।

गत वर्ष मङ्सिर १८ गते राति भएको आगजनीबाट विद्यालयको प्रशासनिक कक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएपछि दैनिक कामकाजमा कठिनाइ हुँदै आएको थियो।

संस्थाले करिब एक लाख रुपैयाँ बराबरको कुर्सी, दराज र टेबुल लगायतका सामग्री उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक राजाराम पाण्डेले जानकारी दिए ।प्रधानाध्यापक पाण्डेका अनुसार अज्ञात समूहको आगजनीबाट प्रशासनिक कक्ष जलेर नष्ट हुँदा दैनिक कार्यालय सञ्चालन गर्न अत्यावश्यक फर्निचर र अन्य सामग्रीको अभाव भएको थियो।

आगलागीपछिको उक्त असहज परिस्थितिमा प्राप्त सहयोगले प्रशासनिक कामलाई पुनः लयमा फर्काउन सघाउ पुगेको विद्यालय प्रशासनले जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले आगामी दिनमा समेत आवश्यकताअनुसार अत्यावश्यक सहयोग निरन्तरता दिन संस्था तयार रहेको बताए ।

सूर्यमती माविको प्रशासन कोठामा आगलागी, लाखौंको क्षति

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ