sujim bazar advert

दुईदिने साहित्य महोत्सव सकियो

डबली खबर     पुस १६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot sahitya mahotsav 2080
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – देशभरका चर्चित स्रष्टा तथा साहित्यकारहरू सहभागी भएको दुईदिने “नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव” सम्पन्न भएको छ ।

साहित्य संगम नुवाकोटको आयोजनामा भएको पुस १४ र १५ गते दुईदिने आयोजित महोत्सवमा नुवाकोट, रसुवा, काठमाडौं, सर्लाही, मोरङ, दोलखा, रामेछाप, अर्घाखाँची, सुर्खेत, जाजरकोट, कैलालीलगायतका तीनदर्जन स्रस्टाहरुको सहभागिता रहेको थियो ।

महोत्सवको पहिलो दिन स्थानीय लाखे नाच, भजनबालन, कविता वाचन र गजल कार्यक्रम रहेको थियो। दोस्रो दिन नुवाकोट र रसुवाका पर्यटकीयस्थलहरुमा स्रष्टा तथा साहित्यकारहरूलाई भ्रमण, कवितावाचन गर्दै बेत्रावतीमा पुगेर समापन भएको थियो ।

साहित्यकारहरुले नुवाकोटको साततले दरबार क्षेत्र, महा चैत्य स्वयम्भू, अशोकबाटिका, शुभघाट, उतरगयाधामलगायतका स्थानहरुको अवलोकन समेत गरेका थिए ।

महोत्सवले स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकतामा राखेको थियो ।

महोत्सवको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र समापन उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले गरेका थिए ।

महोत्सवको अवसरमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top